मधेस ब्युरो । मौलापुर नगर हरित सहर बनाउने अभियान बिहीबारदेखि सुरु भएको छ । आम जनता पार्टीका अध्यक्षसमेत रहेका संघीय सांसद प्रभु साहले मौलापुरलाई हराभरा बनाउने अभियान सुरू गरेका हुन् ।
‘मौलापुर नगर हरित सहर’ बनाउने अभियानअन्तर्गत बिहीबार सांसद साहले मौलापुर नगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सहभागी भई वृक्षरोपण गरी सो अभियानलाई शुभारम्भ गरेका हुन् ।
मौलापुर नगरपालिकालाई हरित सहरका रूपमा विकास गर्नका लागि सञ्चालन गरिएको ‘मौलापुर नगर हरित सहर’ अभियानअन्तर्गत बुधबार प्राथमिक स्वास्थ्य केन्द्र मौलापुरमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराएका हुन् । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए ।
अभियानको सुरुआत गर्दै मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहले नगरलाई सुन्दरताका लागि हामीले बोटबिरुवा लगाउन सुरु गरेको बताइन् । बिहीबार पहिलो दिन विभिन्न प्रजातिका सयौँ बिरुवा रोपिसकेको जनाइएको छ । यो अभियान अन्तर्गतका मौलापुर नगरपालिकाको सम्पूर्ण वडामा बिरुवा लगाइने उनको भनाइ छ ।
प्रतिक्रिया