मधेस ब्यूरो । पर्साको पोखरिया नगरपालिकामा आज कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको तर्फबाट नगरप्रमुख प्रदुमन चौहान कप्तान रहेका थिए भने कर्मचारीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव रहेका थिए ।
फुटबल प्रतियोगितामा १–१ गोलको बराबरी गरेका थिए । तर,
पेनाल्टी सुटमा कर्मचारी टीमद्वारा १ गोल गरेपछि २–१ ले जनप्रतिनिधी टिमलाई हराउँदै विजय हासिल गरेको छ ।
सुरुमा कर्मचारीको टिमको तर्फबाट मनोजप्रसाद पटेलले १ गोल गरेका थिए भने जवाफमा जनप्रतिनिधिको टिमबाट वडा नम्बर ६ का वडाध्यक्ष सिमानन्द चौहानले एक गोल गरेर खेलमा बराबरी गरेका थिए ।
पेनाल्टी सुटमा कर्मचारी टिमको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले एक गोल गरि जित दिलाएको पोखरिया नगरपालिकाका जिन्सी शाखा प्रमुख मनोज साहले जानकारी दिए ।
जनप्रतिनिधि र कर्मचारीबिच आपसी भाइचारा र मित्रवत सम्बन्ध स्थापना गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिइएको छ । प्रतियोगितामा विजेता र उपविजेता टिमलाई पुरस्कार कप, मेडल प्रदान गरिएको थियो ।
जनप्रतिनिधि र कर्मचारीबिच सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले सो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजन गरिएको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले बताए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया