छात्रछात्रालाई निःशुल्क पोसाक

सिरहा । सिरहामा एक सामुदायिक विद्यालयमा अध्यनरत छात्रछात्राहरूलाई वडा कार्यालयले पोसाक वितरण गरेको छ । गोलबजार–७ स्थित श्री अधारभूत विद्यालय कदिमाटोलमा अध्ययनरत छात्र–छात्राहरूलाई वडा कार्यालयले निःशुल्क पोसाक वितरण गरेको हो । विद्यालयमा अध्ययनरत यहाँ ११० जना छात्रछात्रालाई वडा अध्यक्ष हरिशरण ठाकुरले निःशुल्क पोसाक वितरण गरेको हो ।

पोसाक वितरण कार्यक्रममा अध्यक्ष हरिशरण ठाकुरले हुनेखाने घर परिवारका बिद्यार्थीहरू निजी विद्यालयमा पढ्ने र दलित, गरिब तथा आर्थिक रूपले कमजोर घरका विद्यार्थीहरू मात्र सामुदायिक विद्यालयहरूमा पढ्ने गरेकाले उनीहरूलाई सहयोग आवश्यक रहेको बताए ।

अध्यक्ष ठाकुरले भने, ‘सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावक कसरी आकर्षित हुन्छन् यस विषयलाई मध्यनजर गर्दै वडामा रहेको सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक हस्तान्तरण गरिएको हो ।’

उनले पढाइलाई पनि गुणस्तरीय बनाउँदै शिक्षामा विकास गर्न शिक्षकहरूलाई अनुरोध गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताए । उनले भने, ‘सामुदायिक विद्यालय कसरी नमुना बन्छ भन्ने चाहनाका साथ शिक्षकहरू लाग्नुहोस् । शिक्षा विकासमा गर्नुपर्ने सहयोगमा म कहिल्यै पछि हट्दिनँ ।’
विद्यार्थीले शुक्रबार र मंगलबार ट्रयाक र टी–सर्ट लगाएर आउने उद्देश्यले वितरण गरेको बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामदुलार यादबले बताए ।

प्रतिक्रिया