जनकपुरधाम । मधेसी आयोगले प्रधानमन्त्रीलाई सरकारद्वारा विगतमा गरिएका नियुक्तिहरूमा समानुपातिक समावेशिता नदेखिएको भन्दै पत्र पठाएको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र लेख्दै नेपालको संविधान २०७२ को प्रस्तावना तथा विभिन्न धाराहरूमा समानुपातिक समावेशिता तथा समनाताको बारेमा उल्लेख भए पनि व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकामा सो को कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको उल्लेख गरेका छन् ।
सो पत्रमा विगत केही वर्षदेखि राज्यको विभिन्न अंगहरूजस्तै कूटनीतिक नियोग, संवैधानिक निकाय आदिहरूमा हुने नियुक्तिमा मधेसी समुदायको शून्य प्रतिशत उपस्थिति देखिएकोले आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइएका छन् । यसरी राज्यको विभिन्न महत्वपूर्ण निकायहरूमा हुने नियुक्तिमा समानुपातिक समावेशिताको सिद्धान्त पालना नभएको विषय निकै चिन्ताजनक भएकोसमेत पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया