सदस्यता शुद्धीकरणमा मनपरी गरेकाे भन्दै प्रेस युनियनको विरोध

जनकपुरधाम । नयाँ सदस्यता र नवीकरणमा नेपाल पत्रकार महासंघले गरेको मनपरीविरुद्ध नेपाल प्रेस युनियन धनुषाले विरोध जनाउँदै नेपाल पत्रकार महासंघ धनुषामा धर्ना दिएको छ ।

युनियन धनुषा शाखाका अध्यक्ष राजनकुमार सिंहको अगुवाईमा जनकपुरधामस्थित महासंघको धनुषा शाखा भवनमा भएको धर्ना कार्यक्रममा अन्य संघसंगठनका पदाधिकारी र सदस्यहरूसमेत आएर केहीबेर अनौपचारिक उपस्थिति जनाएका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ मधेस अध्यक्ष राजेशकुमार कर्ण, युनियनका केन्द्रीय उपाध्यक्ष अनील कुमार कर्ण, प्रदेश उपाध्यक्ष धीरेन्द्र साह, वरिष्ठ पत्रकार अशोक रौनियार, युनियनका अगुवा नेताहरू वरिष्ठ पत्रकार राम भरत साह र हिमांशु चौधरी, शैलेन्द्र झा, कमल साह, धैर्यकान्त दत्तसहित दर्जनौँ युनियनकर्मी र पत्रकारहरूको सहभागिता रह्यो । केन्द्रीय उपाध्यक्ष कर्ण र धनुषा अध्यक्ष सिंहले महासंघले विधान बिर्संदा सबै समस्या उत्पन्न भएको बताउँदै शाखाको बहुमत र प्रदेशबाट सिफारिस प्रतिवेदन लागू् भए सबै समस्या समाधान हुने बताए ।

प्रतिक्रिया