रौतहट । रौतहटको कटहरिया नगरपालिका– ४ मा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । सो वडामा दोस्रो पटक निर्वाचित भएका वडाध्यक्ष चन्दन कुशवाहाले आफ्नो कार्यकाल भएको काम र जनताको गुनासाहरू सुनवाइ गर्नका लागि सार्वजनिक सुनवाइ कार्यक्रमको आयोजन गरेका थिए ।
सो वडामा विगत ७ वर्षदेखि सञ्चालन भएका योजना तथा कार्यक्रम र आयव्ययको सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा वडाध्यक्ष कुशवाहाले हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै आफूले आयोजना गरेको सार्वजनिक सुनुवाइ गर्नु महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा सहभागिको प्रश्नको जवाफ दिँदै वडाध्यक्ष कुशवाहाले नागरिकबाट आएका सुझाव र गुनासोलाई सम्बोधन गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ उमंग र उत्साहका साथ गरेको सार्वजनिक सुनवाइ कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे । आफूलाई वाडवासिले दिएको मत सेवाको अवसरलाई कुनै पनि हाल्तमा गुमाउन नचाहेको उनले स्पष्ट पारे ।
त्यस कारण आफूल सुन्नुुपर्ने हरेक गुनासो सुनेर सहि मार्ग दिशा निर्धारण गर्ने प्रतिबद्धता जनाए । उनले भने यदि यो कार्यक्रम नगरको हरेक वडामा भए झन राम्रो हुन्थ्यो । यस कार्यक्रम बाट आएका सल्लाह,सुझाव लाई आत्मसात गर्दै नयाँ सोचका साथ अगाडि बढ्ने बताए ।
सो अवसरमा स्थानीय भद्रभलादमी, वडावासी, सुरक्षाकर्मी, पत्रकार,राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, वडाका कर्मचारीलगायतका व्यक्तिहरूको सहभागीता रहेको वडा सचिव छाटेलाल मिश्रले जानकारी गराएका हुन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया