जनकपुरधाम । धनुषामा जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो ।
घाइते हुनेहरूमा सर्लाहीको कौडेना गाउँपालिका–६ का ६० वर्षीय जयन्दर राय, ३२ वर्षीय मनोजकुमार यादव, ५४ वर्षीय ससुखन यादव, वीरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा रहेका छन् । यस्तै सर्लाही विष्णुपुर गाउँपालिका–८ का ३७ वर्षीय राधेश्यामप्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दीपनारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लालबाबु राय, २८ वर्षीय विजयकुमार साह रहेका छन् ।
त्यसैगरी ६० वर्षीय जगदीश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन् । घाइते मध्ये प्रायको अवस्था सामान्य रहेको छ भने जयन्दर रायको अवस्था मध्यम रहेको छ । उनीहरू सबैको उपचार गोदारस्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया