खेल भावना माथिको प्रहारको समयमा पेरिस ओलम्पिक

२६ जुलाईदेखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा गृष्मकालीन ओलम्पिक खेलकुदको आयोजना हँुदै छ । सो ओलम्पिकमा संसारभरिमा खेल अधिकारीको उपस्थिति रहने छ । संसारलाई एकत्रित गराउने उद्देश्य बोकेको सोही ओलम्पिकले बीचमा २ विश्व युद्ध तथा लामो समयको शीतकालीन अवस्थाको सामना गरेको थियो । ९० को दशकमा आइपुग्दा बर्लिनको पर्खाल मात्र भत्किएन सोभियत संघपछि विघटन भइसकेको थियो । त्यसको असर खेलकुदमा पनि नपरेको होइन ।

खेलकुदको माध्यमबाट संसारलाई एकजुट गराउने अभियानसहित अघि बढेको ओलम्पिक मुभमेन्ट सन् २००८ मा आइपुग्दा सफलताको उच्चतम बिन्दुमा पुगेको थियो । सन् १८९६ मा सुरु भएको गृष्मकालीन ओलम्पिकले ९० को दशकसम्म आइपुग्दा नाटो र वार्साको रूपमा रहेका २ शक्ति समूहका कारण खेलकर्मी विभाजित हुनुपर्ने युग पनि समाप्त भइसकेको थियो ।

सन् १९३६ को बर्लिन ओलम्पिकमा नाजी र यहुदीका बीचमा को श्रेष्ठ भन्ने होडबाजी थियो । त्यसखाले जातीय सोचका कारणले पनि ओलम्पिक मुभमेन्ट प्रभावित नभएको होइन । जातीय सोचको यो शृंखला पनि बेइजिङ ओलम्पिकसम्म आइपुग्दा टुटेको साँचो हो । त्यस यता कुनै पनि ओलम्पिकमा बहिष्कारको घटना भएको छैन । ओलम्पिक बहिष्कारको क्रम पनि पूर्ण रूपमा टुटेको थियो ।

बेइजिङ ओलम्पिकमै रहेको ‘वान वल्र्ड वान ड्रिम’ नाराका कारण सन् २००८ देखि सबै ओलम्पियनले मानव सभ्यतालाई एकजुट गराउने अभियानमा आफू संलग्न भएको महसुस गर्दै गर्व गर्थे ।

यो क्रम २०२१ को टोकियो ओलम्पिकमा आइपुग्दा धेरै हदसम्म टुटिसकेको थियो । आगामी ओलम्पिकका सन्दर्भमा केही दुःखद् पक्ष पनि देखिएका छन् । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को प्रतिवेदनलाई आधार मान्दै खेलकुदको सर्वोच्च न्यायालय कोर्ट अफ आर्बिटेसन (सिएएस) ले रुसलाई प्रतिबन्ध घोषणा गरेको छ । त्यो अझै खुलेको छैन । रुसले युक्रेनमा आक्रमण जारी राखेको छ । बेलारुसले यसलाई साथ दिएको छ । यस कारण रुस माथिको प्रतिबन्ध कडा भएको छ । रुसका खेलाडीले स्वतन्त्रको हैसियतमा मात्र ओलम्पिकमा सहभागिता जनाउनेछन् ।

सन् २०२० को अन्त्यमै भएको सुनुवाइपछि रुसमाथि ४ वर्षको प्रतिबन्धको घोषणा भएको हो । यो अवधि त बाँकी छ नै युक्रेन माथिको आक्रमणका कारण थप प्रतिबन्ध लगाइएको छ । ओलम्पिक अभियानको यही आदर्श र मान्यतामाथि गएको वर्ष धेरै तुषारापात भएको छ ।

गत टोकियो ओलम्पिकमै केही दुःखद् पक्ष देखिएका थिए । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को प्रतिवेदनलाई आधार मान्दै खेलकुदको सर्वोच्च न्यायालय कोर्ट अफ आर्बिटेसन (सिएएस) ले रुसलाई प्रतिबन्ध घोषणा गरेको थियो ।

रुसले टोकियो ओलम्पिक मात्र होइन, सन् २०२२ को बेइजिङ विन्टर गेम पनि गुमाइसकेको छ । साथै अन्य धेरै ठूला खेल महोत्सव पनि । रुसले सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सोही वर्ष चीनमा भएका शीतकालीन ओलम्पिक गुमाएको हो ।

सो निर्णयले रुसी नेतृत्वलाई अत्यन्त आक्रोशित बनाएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिएका थिए । पूर्वप्रधानमन्त्री डेमेट्रिभ मेदभेदेभले यसलाई ‘क्रोनिक एन्टी रसियन हिस्टेरिया’ भनेका छन् । देशको प्रतिनिधित्व नभए पनि तटस्थ खेलाडीको रूपमा रुसी एथलेटलाई सहभागिताको अवसर भने त्यस समयदेखि अहिलेसम्म खुला छ ।

विश्व कीर्तिमानधारी चिनिया पौडीबाज सन् याङका लागि सन् २०२० को कोभिड महामारीसमेत लाभदायक भयो । लामो समयदेखि डोपिङको आरोप लागेका सनमाथि पश्चिमा पौडीबाजहरूले नसुहाउँदो व्यवहार गर्दै आएका थिए । उनीमाथि वाडाले मुद्दा दायर गरेको थियो । मुद्दा चलिरहँदा पनि उनले खेल्ने अवसर पाएका थिए । उनले पदक ग्रहण गर्दा पनि पोडियममा रहेका पश्चिमाहरूले उनीसँग हात मिलाउन अस्वीकार गर्दै रहे ।

सन् २०२० को फेब्रुअरीमा स्विस फेडरल सुप्रिम कोर्टले सनमाथि ८ वर्षको प्रतिबन्ध लगाएको थियो । जबकि सन् २०२० को जुलाईमा हुने गरी टोकियोमा ओलम्पिक खेलको मिति थियो । कोरोनाको महामारी पछि सोही खेल महोत्सव सन् २०२१ को जुलाईमा आयोजना भएको थियो ।

सन् २०१६ को रियो ओलम्पिकमा अमेरिकी अश्वेत मूलकी पौडीबाज सिमोन मानुएल स्वर्ण पदक जितेपछि भक्कानिएर रोएकी थिइन् । यसलाई अमेरिकी खेल समीक्षकले अब्राहम लिंकन र मार्टिन लुथर किङको अभियान पूर्ण सफल भएको प्रतिक्रियासमेत दिए, कारण थियो पौडीमा अमेरिकी अश्वेत महिलाको उपस्थिति धेरैपछि हुनु ।

मानुएल ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो अश्वेत महिलासमेत थिइन् । उनकै स्टारडमका कारण अमेरिकामा अश्वेत किशोरीहरूको पौडीप्रतिको मोह बढ्दो थियो । कोरोना महामारीपछिको अश्वेत मानसिकता फेरिएको छ । डोनाल्ड ट्रम्पको कार्यकालमा भेदभावरहित मानव समाजको अभियानमै ठेस पनि लागेको थियो । पेरिस ओलम्पिकको आयोजना हुने वर्ष नै आप्रबासीमाथि कठोर ट्रम्प फेरी राष्ट्रपति पदमा उम्मेद्वार भएका छन् ।

गएको आधा दशकको समयलाई आधार मान्दा प्राकृतिक विपत्तिले पनि अश्वेतलाई नै धक्का दियो । कुल जनसंख्याको अनुपातमा अमेरिकामा कोरोना महामारीले अश्वेत समुदायमै धेरै मानवीय क्षति भयो । यस बीचमा धेरैपटक ‘नी डाउन’ का घटना मात्र होइन, रेन्बो प्रदर्शन पनि भयो । यसले लैंगिक अल्पसंख्या तथा वर्णको आधारमा भेदभाव कायम छ भन्ने कुराको पुष्टि गरेको छ । युरापेली देशले केही खेल हार्दा अश्वेतमाथि रंगशालामा भएको व्यवहारले पुरानो युगको अझै संकेत गरेको छ ।

उल्लिखित घटना क्रम केही दृष्टान्त मात्र हुन्, जसले पेरिस ओलम्पिकको संघारमा सबै मानव एक हौँ भन्ने भावनाको प्रतिनिधित्व गर्न सक्दैन भन्ने देखाएको छ ।

यी मानवतावादी र खेल भावनको बीचमा बहस जारी रहँदा ओलम्पिक खेलकुदको निरन्तरता भने महत्वपूर्ण हो । कोरोना महामारीको भ्याक्सिन वितरण जुन रफ्तारमा हुनुपर्ने हो, त्यो रफ्तारमा नभएका कारण टोकियो ओलम्पिक आयोजनामै सन्देह पैदा भएको थियो ।
आयोजक देश जापान विभाजित अवस्थामा रहेकै समयमा ओलम्पिक आयोजना भएको थियो । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले ओलम्पिक खेलकुद मानव सभ्यताको कोरोना महामारीमाथिको जितको रूपमा रहने जनाएका थिए ।

जनमत भने ओलम्पिक आयोजनाको विरुद्धमा रहेको थियो । तत्कालीन समयको एक सर्वेक्षणमा ८० प्रतिशत जापानी नागरिक ओलम्पिक आयोजनाको विपक्षमा रहेको पाइएको थियो । आइओसी र जापान ओलम्पिक कमिटी थप आर्थिक क्षति बेहोर्ने पक्षमा नरहेका कारण पनि आइओसी, जापान ओलम्पिक कमिटी र जापान सरकार कुनै पनि हालतमा निर्धारित समयमा ओलम्पिक आयोजना गरेरै छाड्ने अडानमा थिए । उनीहरुले सम्पन्न गरेर पनि छाडे ।

ओलम्पिक भव्य बनाउनका लागि जापान सरकारले २०२१ को फेब्रुअरीमै ३ करोड ६० लाख आफ्ना नागरिकलाई भ्याक्सिन लगाउने अभियान सुरु गरेको थियो । त्यसमा स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिको प्रौढ रहेका छन् । भ्याक्सिन लगाउने सूचीमा खेलाडीहरू थिएनन् ।

आयोजकहरूले १५ हजार ४०० ओलम्पिक तथा पारा ओलम्पिक खेलाडीको निगरानी गरेको थियो । क्यानोन र जापान एयरलाइन्स जस्ता ठूला प्रायोजक सधैँका लागि रहन नसक्नु दोस्रोपटक निर्धारिच समयमा टोकियो ओलम्पिक आयोजनाको एउटा कारण थियो ।

यसो त जापानमा ओलम्पिक आयोजनाको सवालमा अर्को ठूलो विवाद पनि देखिएको थियो । निर्धारित मितिभन्दा ५ महिनाअघि आयोजक कमिटीका प्रमुख योसुरो मोरी लैंगिक विवादका कारण पद त्याग गर्न बाध्य भए ।

मोरीले महिलाहरूको धेरै बोल्ने बानीका कारण बैठक अव्यवस्थित हुन्छ भनेपछि उनी राजीनामा गर्न बाध्य भए । सरकारले ओलम्पियन खेलाडी साइको हासीमोतोलाई नै ओलम्पिक प्रमुखको जिम्मेवारी तोकेको थियो । आयोजनाको ५ महिनाअघि पाएको यो जिम्मेवारी हासीमोताको लागि कम चुनौतीपूर्ण थिएन ।

कर्पोरेट क्षेत्र पनि सो समयमा विभाजित थिए । ओलम्पिकमा आबद्ध ठुला फर्ममा लागि यो समयमा आयोजना गर्न उपयुक्त मानिएको थियो भने अन्य थुप्रै कम्पनी समय अनुपयुक्त ठानेका थिए ।

सन् २०१४ मा रुसको सोचीमा भएको शीतकालीन ओलम्पिकको दौरान फिंगर स्केटर दाइसुके तकाहासीलाई गरेको व्यवहारका लागि आलाचित हासिमोताले सो जिम्मेवारी पाएका थिए । हासीमोतोले आफूले सामान्य अंकमालको रूपमा गरेको त्यो व्यहारलाई धेरैले अन्यथा ठाने क्षमायाचना गर्ने बताएकी थिइन् ।

यसअघि टोकियोमा सन् २०६४ मा आयोजना भएको ओलम्पिक खेलकुद सकिएको एक दिनपछि जन्मिएकी हासिमोतो त्यसपछि चारपटक ओलम्पिकमा सहभागी भइसकेकी थिइन् ।

८३ वर्षीय मोरीले भने आफूले पद त्याग गर्नै पर्ने भएपछि आफ्ना उत्तराधिकारीको रूपमा जापान फुटबल संघका पूर्वप्रमुख साबुरो कावागुचीलाई अघि सारेका थिए । उनको यो प्रयास पनि सफल नभएपछि हासिमोतोले अवसर पाएकी हुन् ।

त्यस समयमा जापान यस्ता समस्यासँग जुधिरहँदा अमेरिकाको फ्लोरिडाले भने आफू ओलम्पिक आयोजना गर्न तयार रहेको जनाएको छ । फ्लोरिडा कोरोना महामारीका कारण संसारका धेरै प्रभावित सहर मध्य एक थियो ।

ओलम्पिक खेलकुदले निरन्तरता पाएपछि पछिल्लो समय खेल भावान भने टुटेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी यसलाई नियन्त्रण गर्न असमर्थ छ ।

फेरि एकपटक पेरिसमा ओलम्पिक त आयोजना हुन सक्छ परन्तु, संसारका मानव जाति एक हौँ भन्ने भावनाले प्रेरित गर्न र संसारलाई उत्साहित बनाउन टोक्यो ओलम्पिक असमर्थ हुने देखिएको छ ।

संसारमा देखिएको लैंगिक स्क्यान्डल, विभिन्न देशमा अश्वेतमाथि थोपरिएको पीडा र युक्रेन र प्यालेस्टाइनमा मानवता विरोधी गतिविधिका बीच यो ओलम्पिक खेलकुद पक्कै खल्लो हुनेछ ।

प्रतिक्रिया