कार्यालय बाहिर बसेर चेक काट्दै फतुवा विजयपुरका हाकिम

Oplus_0

मधेस ब्युरो । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत कार्यालय नगई चन्द्रनिगाहपुरमा बसेर चेक काट्ने गरेको भन्दै जनप्रतिनिधिले विरोध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधान फतुवा विजयपुर नगरपालिकाका नियमित रूपमा नबसी हप्ताको १–२ दिन कार्यालय जाने र चन्द्रपुरमा रहेको डेरामा बसी कार्यालय सञ्चालन गर्ने गरेको आरोप छ ।


पटकपटक फतुवा विजयपुर नपाको हाकिम बनेका प्रधानले नगरको बजेट अधिवेशन गराउन सकेका छैनन् । जनप्रतिनिधिबीच फुट ल्याएर पटकपटक हाकिम बनेका प्रधान कटहरिया नगरपालिकाका पनि हाकिम हुन् । २ नगरपालिका सम्हाले पनि कुनै नगरपालिकाको कार्यालयमा नबसी प्रधान चपुर डेराबाटै २ नगरपालिका हाँकिरहेका छन् । कटहरिया नगरपालिकाको कार्यालयमा समेत प्रधान नआउँदा स्थानीयमा असन्तुष्टि बढेको छ । कटहरिया नगरपालिकाको पनि सबै काम प्रधानले चपुरबाटै गर्दै आएका छन् ।


काम गराउन हाकिम प्रधानले चन्द्रपुरमा राखेको कोठासम्म नै नगरप्रमुखहरू पुग्ने गरेका छन् । फतुवा विजयपुर नगरपालिका–९ का वडाध्यक्ष राकेश यादवले कार्यवाहक नगरप्रमुख अम्बेया खातुनसित मिलेर सम्पन्न नभएको कामको पनि बिल र भरपाई मिलाएर चेक काट्ने काम गरिरहेको आरोप लगाएका छन् । कावा नगरप्रमुख, हाकिम र लेखापाल मिलेर कामै नगरी गुपचुपमै कैयौँ योजनाको बजेट सिध्याइसकेको आरोप वडाध्यक्ष यादवले लगाएका छन् । वडाध्यक्ष यादवले नगरबासीले कावा नगरप्रमुख खातुन र हाकिम प्रधानको कामको भन्डाफोर गरी आन्दोलन गर्नुपर्ने जरुरी भएको बताएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया