पर्सा । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८१–८२ को आठौँ नगरसभाले ४७ करोड १२ लाख ९३ हजार बराबरको अनुमानित बजेट ल्याएको छ । पोखरियामा रहेको शिवमन्दिरको सभा हलमा साेमबार भएको आठौँ नगरसभामा नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८१–८२ को लागी ४७ करोड १२ लाख, ९३ हजारको बजेट वडाध्यक्ष लक्ष्मण साह कानुले सार्वजनिक गरेका थिए ।
नगरसभाको उद्घाटन पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहानले गरेका थिए । नगरप्रमुख चौहानको अध्यक्षतामा भएकोको आठौँ नगरसभा तथा नीति तथा कार्यक्रममा भएको हो । सो कार्यक्रममा पोखरिया नगरपालिकाको विकासका लागि आफू लागिपरेको अध्यक्ष चौहानले बताए ।
उनले पोखरियाको विकास पाँच वर्षीय योजनामा राखेर पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले राजनितिकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुबीच समन्वय गरी अगाडि बढेकाले अहिले आफूहरू धेरै नै विकास निर्माणलगायतमा फड्को मारेको जिकिर गरे ।
जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासका लागि पार्टी प्रतिनिधिहरुलाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गर्दै आफू पनी सहकार्य र सहयोग लिएर अगाडि बढ्ने बताए ।
नगर सभा कार्यक्रमबाट स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार सिचाई, विकासमा, महिला बालबालिका उत्थान खेलकुद, ज्येष्ठ नागरिक सम्मानलगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड दिइएको छ ।
नगरसभा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीवास्तवले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि र कर्मचारीहरुले मिलेर अगाडि बढ्न आग्रह समेत गरे । कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, लक्ष्मण साह कानु, शियानन्द चौहान, प्रमान्नद पटेल, नौसाद आलम, सोनालाल साह, किशोरी साह, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, राजनितिकर्मी नेजामुदिन समानी, रामेश्वर रौनियार,राजु साहलगायतले नगरसभामा धारणा राखेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य, नगरपालिका सदस्य कर्मचारी लेखापाल मनदिप महतो, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुवेदी, सन्दीप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।
पर्सा
प्रतिक्रिया