काठमाडौं । अफगानिस्तान आइसिसी टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गर्दै अफगानिस्तान सुपर ‘एट’ को समूह १ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो।
अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो । पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो ।
दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको थियो। योसँगै अस्ट्रेलिया सुपर ‘एट’बाटै बाहिरिएको छ ।
प्रतिक्रिया