टी–२० विश्वकपमा रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशी खेलाडीलाई आइसीसीले गर्यो कारबाही

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपालली कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।

गत ३ असारमा वेस्ट इण्जिमा भएको समूहर चरण तथा अन्तिम खेलमा बंगलादेशका खेलाडी तान्जिम हसन सकिबलाई आइसीसीले कारबाही गरेको हो ।

फास्ट बलर तान्जिम हसनलाई आचारसंहिता तोडेको भन्दै आइसीसीले कारबाही गरेको जनाएको छ । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए ।

नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो ।

आईसीसीले भनेकाे छ, ‘आईसीसीको आचार संहिता उल्लंघन गरेको भन्दै बंगलादेशका बलरलाई कारबाही गरिएको छ
यो घटना सन् २०२४ को आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालसँग बंगलादेशको समूह चरणको अन्तिम खेलमा भएको थियो ।
बंगलादेशका तेज बलर तान्जिम हसन साकिबलाई आइतबार आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच शुल्कको १५ प्रतिशत जरिवाना गरिएको छ ।

यो घटना नेपालले चेजको तेस्रो ओभरमा भएको थियो, जहाँ तनजिमले नेपालका कप्तान रोहित पौडेलसँग मिडपिच कुराकानी गरेका थिए।

तान्जिमले खेलमा असाधारण रूपमा राम्रो बलिङ गरे र ४/७ को म्याच जित्ने स्पेलको साथ समाप्त भयो। खेल बंगलादेशले २१ रनले जित्यो ।

तान्जिमले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूको लागि आईसीसी आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको फेला परेको थियो, जुन “खेलाडी, खेलाडी समर्थन कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्तिसँग अनुपयुक्त शारीरिक सम्पर्कसँग सम्बन्धित छ । अन्तर्राष्ट्रिय खेल”।’

आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइँदैन । दुई खेलाडीबीचको नोकझोक भएको थियो । तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेका थिए ।

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो । तर, त्यस खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया