मधेसमा मन्त्रिपरिषद बिस्तार, जनमतबाट साह वन मन्त्री र मियाँ बने राज्यमन्त्री

धनुषा । मधेसका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । उनले वन तथा वातावरण मन्त्री त्रिभुवन साह र विनाविभागीय राज्यमन्त्रीमा मो.सकिल मियाँलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री साह र राज्यमन्त्री मियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मन्त्री साहले शपथ लिएका हुन् । यस्तै विनाविभागीय राज्यमन्त्री मियाँले मुख्यमन्त्री सिंहबाट शपथ लिएका छन् ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले आफ्नो शपथसँगै १० मन्त्री र ३ मन्त्री नियुक्त गरेका थिए । गत शुक्रबार जनमतबाट विनाविभागीय मन्त्री बनेकी रञ्जु खंगलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मा दिइएको छ । योसँगै अब जनमतबाट मुख्यमन्त्री बनेका संहको मन्त्री मण्डल १६ सदस्य भएको छ ।

प्रतिक्रिया