घाँटी रेटेर हत्या गरिएको शव बरामद

रौतहट । जिल्लाको राजपुर नगरपालिका–१ पिपरा भगवानपुर नजिक हुलाकी सडक खण्डअन्तर्गत खेतबाट हत्या घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ ।

खेतमा पुरुषको शव रहेको स्थानीयले मंगलबार बिहान प्रहरीलाइ खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद गरेको हो ।

शव रहेको ठाउँ नजिकबाट भारतीय नम्बर सिजे ०१–२५६८ नम्बरको मोटर साइकलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिएकी छन् ।

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको ४५ वर्षीय पुरुषको पहिचान खुलेको छैन । मृतकको गोजीमा रहेको कागजअनुसार भारत बिहारको मोतिहारी जिल्ला भए पनि अन्य विवरण खुल्न नसकेको तथा हत्याको विषयमा छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताइन् । बरामद भएको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

प्रतिक्रिया