इलाम । आफ्नै बाबुको हत्या गरी फरार रहेका युवक पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय छोरा रामबहादुर राई शुक्रबार पक्राउ परेका हुन् ।
उनलाई शुक्रबार साँझ माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जबेगूले जानकारी दिए । रामबहादुरमाथि अनुसन्धान सुरु भएको उनले बताए । ‘फरार रहेका रामबहादुरलाई घरनजिकै जंगलमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको हो,’ उनले भने, ‘उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ ।’
घरायसी विवादमा रामबहादुरले बाबु दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । दिलबहादुरको उपचारका लागि झापाको बिर्तामोड अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाम
प्रतिक्रिया