काठमाडौँ । सञ्चारकर्मी तथा गायक तुलसिंह रनपछाईको नयाँ लोकदोहोरी गीत ‘सुपारी काँचो’ ले सार्वजनिक भएको छोटो समयमै चर्चा बटुलेको छ । गायिका सुनिता बुढा क्षेत्री, तुलसिंह रनपछाई र गुल्मेली प्रकाशको संयुक्त आवाज रहेको उक्त गीतको भिडियो नेत्र अर्याल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
सो गीतको भिडियोलाई यो समाचार तयार गर्दासम्म करिब डेढ लाख पटक युट्युबमा हेरिएको छ । गीतमा सर्जक नेत्र अर्यालको लय, गुल्मेली प्रकाश र नेत्र अर्यालको शब्द रहेको उक्त गीतमा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ ।
यस गीतमा कोरियो ग्राफर तथा नृत्य निर्देशननिर्देशक स्मृति तिमल्सिना ‘गुरुआमा’ले गरेकी छन् भने अभिनय ओबी रायमाझी, नारायणी खत्री र सञ्चिता बोलखेको रहेको छ । डेढ दशकदेखि लोक सञ्चारकर्मी रहेका लोक गायक तुलसिंह हालसम्म आफूले दुई दर्जनभन्दा बढी गीतमा आवाज दिइसकेको बताए ।
सञ्चारकर्मी तथा गायक तुलसिंहले यसअघि ‘कति माहान छौ’, ‘तिमी मेरी होइनौ सानु’, ‘बधाई’ लगायतका गीतहरु गीतहरु बजारमा ल्याइसकेको राम्रै चर्चा पाएको जानकारी दिए । उनले पछिल्लो समय बजारमा ल्याएको ‘सुपारी काँचो’ ले पनि विगतका गीतहरुले जस्तै सफलता दिलाउनेमा विश्वास व्यक्त गरे । साथै उनले यसपछि पनि अन्य गीतहरु ल्याउन तयारी गरिरहेको बताए ।
प्रतिक्रिया