पोखरिया । पर्साको सखुवाप्रसौनी गाउँपालिका– ५ महुवनमा शिक्षकहरुले नै बन्द गरेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खुल्ने भएकोे छ । उक्त विद्यालयकै विद्यार्थीहरुले आफ्नै शिक्षकहरुलाई हातपात गरेको भन्दै शिक्षकहरुले विद्यालय विगत ९ दिनदेखि बन्द गरेका थिए ।
उक्त विद्यालय अब बिहीबारदेखि पुनः सञ्चालनमा आउने बताइएको छ । बुधबार बसेको जनप्रतिनिधि, अभिभावक र शिक्षकहरुको बैठकबाट विद्यालयमा रहेका केही अराजक गतिविधी गर्ने विधार्थीहरुलाई विद्यालयबाट रेष्ट्रिगेट तथा कारबाही गर्ने सर्तमा बन्द रहेको विद्यालय बिहीबारदेखि खुल्ला गरी पठनपाठन मा ल्याउने प्रधानाध्यापक बिनोद चौधरीले जानकाररी दिए ।
श्री नेरामाबी महुवनका प्रअ चौधरीले दिएको जानकारी अनुसार बुधबार शिक्षकहरुले आफ्नो कक्षा कोठामा पढाउन जाँदा केही विद्यार्थीहरुले बाहिर खेलिरहेको अवस्थामा शिक्षकले कक्षा कोठामा बोलाएर सम्झाउँदा एक्कासी गालीगलोज गर्दै हातपात गरेपछि विद्यालयका शिक्षकहरु सो ठाउँमा पुग्दा उछ्रिंखल केही विद्यार्थीहरुले तीन जना शिक्षकहरुलाई हातपात गरेको बताइएको छ ।
शिक्षकहरुलाई हातपात गरेका कारण बुधबारदेखि विद्यालय बन्द गरिएको हो । उछ्रिंखल विद्यार्थीहरुले शिक्षक बासुदेव साह, प्रमोद पाण्डे र शिवशंकर सहनीलाई हातपात गरेको बताइएको छ । त्यसपछि यस घटनामा संलग्न विद्यार्थीहरुलाई कारबाही नभएसम्म विद्यालय बन्द रहने शिक्षकहरुले अडान लिएको प्रअ चौधरीले बताए ।
यस विद्यालयमा पहिला पनि चार पटक विद्यार्थीहरुले कुनै न कुनै बहानामा निहुँ खोजेर शिक्षकहरुलाई हातपात र बेइज्जत गर्ने गरेको शिक्षकहरुले आरोप लगाएका छन् । उक्त घटनाको विषयमा गाउँपालिकाका अध्यक्ष जसवनत यादव र प्रहरी प्रशासनमा राखिए पनि बुधबारको बैठकमा अभिभावकहरुले जिम्मा लिएका हुन् ।
पर्सा
प्रतिक्रिया