गायिका सुमित्रा तामाङले ल्याइन् ‘मान्छे सोझी छ’ (भिडियो)

काठमाडौं । लोकदोहोरी गायिका सुमित्रा तामाङ र गायक खेम सेन्चुरीको युगल आवाज रहेको गीत ‘मान्छे सोझी छ’ को भिडियो बजारमा आएको छ । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा नेत्र अर्यालको शब्द रचना रहेको छ भने गायक खेम सेन्चुरी आफैँले संगीत भरेका छन् ।

नेपाली समाजमा हुने माया प्रेमका भावनामा ओतपोत भएको शब्द गीतमा समावेश छन् । त्यस्तै विनोद भण्डारीको निर्देशन रहेको गीतको भिडियोमा गायिका सुमित्रा आफैँ र निर्देशक विनोदले नै अभिनय गरेका छन् । उक्त गीतको भिडियो गायिका तामाङकाे आफ्नै आधिकारिक युट्युब च्यानल सुमित्रा तामाङमार्फत सार्वजनिक गरिएको छ ।

‘मत गाउँले मगरकी छोरी’ बोलको बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सुमित्राले ‘यो जुनेली रात,’ ‘दौतरी,’ ‘मलेखु माछा,’ ‘सम्झना बिर्सनाको साथी’ ‘चौतारीको बर’लगायत दर्जनौँ गीतमा आवाज दिइसकेको बताइन् । धादिङको निलकण्ठ नगरपालिका–१४ अधेरिमा जन्मिएकी गायिका तामाङले यस गीतलाई पनि पहिलाका गीतहरुलाई जस्तै दर्शक स्रोताहरुले मन पराइदिनेमा आशा गरेको सुनाइन् ।

प्रतिक्रिया