पालिका कप क्रिकेटको लिग चरणमा यमुनामाईसँग गौर पराजित

रौतहट । रौतहटको गौरमा जारी पालिका कप टी– २० क्रिकेट प्रतियोगिताको लिग चरणको पहिलो खेलमा गौर नगरपालिका पराजित भएको छ । पालिका कप क्रिकेटमा अहिलेसम्म पराजय नभोगेको गौर नगरपालिकालाई लिग चरणमा ८ रनले यमुनामाई गाउँपालिकाले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको यमुनामाई गाउँपालिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा जितका लागि १३८ रनको स्कोर खडा गरेको थियो । यमुनामाईको लागि डब्बलु आनन्द मलिकले ४३, आयन मुखिया २९ रनको व्यक्तिगत योगदान दिएको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।

गौर नगरपालिकाले जितको लागि पाएको १३९ रनको लक्ष्य पुरा गर्न ब्याटिङमा आएर १० विकेटको क्षतिमा १३० रन बनाएर ८ रनले पराजित भएको हो । गौरको लागि राज पटेलले सबैभन्दा बढी ४२ रन बनाएका थिए ।

त्यसैगरी नकआउटअन्तर्गत बिहान भएको अन्तिम खेलमा माधवनारायण नगरपालिका १७ रनले गढीमाई नगरपालिकालाई पराजित गर्दै लिग चरणको प्रतिस्पर्धामा सहभागी भएको छ । पहिला ब्याटिङ गरेको माधवनारायणले ११५ रनको योगफल तयार गरेको थियो । जवाफमा ब्याटिङ गर्न आएको गढीमाई नगरपालिकाले ९८ रन बनाएर खेल गुमाएको छ ।

प्रतिक्रिया