कलैया । देशमा नैतिक शिक्षा हराउँदै गएकाले देशमा आउन सक्ने संकट टार्न हामी सबैले लाग्नु पर्ने आवश्यकता रहेको निवर्तमान प्रतिनिधिसभा सदस्य रामबाबुकुमार यादवले बताएका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाको आयोजनामा शनिबार सुख शान्ति भवन कलैयामा ८८ औ त्रिमुर्ती शिवजयन्ती महाशिवरात्री नव युग आगमनको महापर्व अध्यात्मिक पर्वचन कार्यक्रममा प्रमुख अतिथि रहेका उनले सो कुरा बताएका हुन् । उनले शिव बाबाले देखाएका मार्गमा मात्र जिवनको शान्तिको अनुभुती हुने बताए । शिव बाबाको निर्देशनमा मात्र जिवनको सार जोडिएकाले यो मार्ग हाम्रो लागि भरपर्दो मार्ग भएको उनले बताए ।
देशको राजनीति अस्थिरता बिग्रिनु पनि शान्ति र समृद्धिको कमी भएको उनको भनाइ थियो । आजको शिक्षाको युग भनेको नैतिक शिक्षा बिहिनको शिक्षा भएकोले भोलिको दिनमा हाम्रा सन्ततिको नैतिकता कहाँ जाला भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य बलबिर चौधरी, मधेस प्रदेशका निवर्तमान सांसद पारस साह, नेपाल शिक्षक सघ बाराका अध्यक्ष राजकिशोर सहनी, नेपाल लोकतान्त्रिक समाजबादी पार्टीका नगर अध्यक्ष जयप्रकाश साह, ब्रहमकुमारी राजयोग सेवा केन्द्र बरियारपुर शाखाका प्रमुख गंगा बहन, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, शिक्षक देवेन्द्र गिरी, नेपाल लेखापढी कानुन व्यसायीका सल्लाहकार मेवालाल पटेल, लगाएतकाले महाशिवरात्री पर्वको अवसरमा आयोजित नव युगको आगमन महापर्वको अध्यात्मिक प्रबचन कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा शिवरात्रीको रहस्यको बारेमा छिमेकी मुलुक भारत स्थित पुर्बी चपारण अदापुरका प्रमुख पुर्णिामा बहनले बताएको थिइन् ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बिरगंजका राज योगनी ब्रह्मचारणी ब्रह्मतपसनी क्षेत्रीय सञ्चालिका रबिना दिदिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममामा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाका मुख्य सञ्चालिका मिना दिदी तथा शुष्मा बहनले कार्यक्रमबारे प्रकास पारेकी थिइन् ।
प्रतिक्रिया