रास्वपाकाे ऊर्जा सम्बन्धी नीति मन्थन सोमबार, यी हुन् वक्ताहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जा सम्बन्धी नीति मन्थन गर्ने भएको छ । सोमबार काठमाडौँस्थित पर्यटन बोर्डको सभा हलमा नीति मन्थन गर्ने रास्वपाले जनाएको हो । ऊर्जा मन्थनमा तीन वटा सत्र छुट्टाइएको पार्टीको ऊर्जा नीति कार्यदलले जानकारी दिएको छ ।

पहिलो सत्रमा ऊर्जा विकासका वर्तमान चुनौतीका बारेमा मन्थन हुनेछ । जसमा त्रिरत्न बज्राचार्य, रामप्रसाद धिताल, कुशल गुरुङ, सुमन जोशी र अरनिको पाँडे विज्ञका रूपमा रहेनछन् । यो सत्रको सहजीकरण विकास थापाले गर्नेछन् ।

दोस्रो सत्र बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीति र संसद्मा प्रस्तावित विद्युत् विधेयकबारे हुने रास्वपाले जनाएको छ । जसमा सोमलाल सुवेदी, तारानाथ सापकोटा, शेरसिंह भाट, पूर्ण परियार, प्रकाश दुलालले आ(आफ्ना धारणा राख्नेछन् ।

यस सत्रको सहजीकरण सांसद साेबिता गौतमले गर्नेछिन् । अन्तिम सत्रमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र जनमत पार्टीका अध्यक्ष सिके राउतले धारणा राख्ने कार्यक्रम छ । समापन सत्रमा पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले पनि धारणा राख्नेछन् ।

प्रतिक्रिया