समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमले सन्देश सभा र पालिकास्तरमा समिति गठन गर्ने

रुकुम पश्चिम । समाजवादी मोर्चा नेपाल जिल्ला संयोजन रुकुम पश्चिमको दोस्रो बैठक बुधबार मुसिकोटको खलंगमा सम्पन्न भएको छ । जिल्ला संयोजन समिति रुकुम पश्चिमका संयोजक गोविन्द रोका (सचिन) को अध्यक्षतामा बसेको मोर्चाको बैठकले जिल्लामा सन्देश सभा र पालिकास्तरमा समिति गठन गर्ने निर्णयहरु गरेको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठकले मोर्चा गठन गरेको थियो । आज बसेको मोर्चाको बैठकका निर्णय प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यही फागुन २१ गते खलंगामा सन्देश सभा गर्ने र सन्देश सभा व्यवस्थापन तथा सहभागिताको लागि मोर्चाका पालिका संयोजन समितिहरु सक्रिय रहने छन् ।’ त्यस्तै बैठकले प्रत्येक पालिकामा यही फागुन १९ गतेभित्र मोर्चाको संयोजन समिति गठन गरिसक्ने निर्णय गरेको छ ।

तत्कालको लागि मोर्चालाई रुकुम पश्चिमका ६ वटै पालिकासम्म विस्तार गर्ने संयोजन समितिका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिए । उनका अनुसार पालिका समिति गठनको लागि जिल्ला समितिबाट प्रतिनिधि तोकिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया