‘कृषि प्रदर्शनी’को उद्घाटन गर्दै मन्त्री भुसाल

हरिवन । सर्लाहीको हरिवनमा शुक्रबारबाट सुरु हुन लागेको दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनीको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली निकालिएको छ । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नाराका साथ यहि माघ ५ देखि ७ गतेसम्म दोस्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना हुँदै छ ।

प्रदर्शनको अन्तिम तयारीस्वरूप बिहीबार दिउँसो प्रदर्शनीस्थल हरिवन–११ को सुर्ति विकाश खेल मैदानबाट मोटरसाइकल ¥याली निकालिएको हो । र्यालीले हरिवन नगरपालिकाको रिङरोड परिक्रमा गरेको छ ।

बिहीबार प्रदर्शनीको कृषि तथा पशुपंक्षी बिकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने वडा–८ वडाध्यक्ष तथा कृषि प्रदर्शनी प्रचारप्रसार समितिका संयोजक प्रज्वल ढुंगानाले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा कृषि उत्पादनसँग सम्बन्धित औजार तथा डेरी उत्पादन लगायतको प्रदर्शनी हुनेछ ।

प्रदर्शनीमा फलफूल, दुग्धजन्य उत्पादन, दल्हन, तरकारी उत्पादन लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने उत्कृष्ट किसानलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । साथै प्रदर्शनीमा बैंक तथा वित्तीय संस्थाबीच अन्तरक्रिया, पशु उपचार, माटो परीक्षण र स्थानीय कलाकारको प्रस्तुति रहने मूल आयोजक समितिका संयोजक एवं वडा–४ का वडाध्यक्ष केशवराज थापाले बताए ।

यो प्रदर्शनी अघिल्लो वर्ष वैशाख महिनामा भएको थियो । आयोजकका अनुसार यो प्रदर्शनीका लागि प्रदर्शनी सहआयोजकहरूबाट करिब २० लाख रुपैयाँ प्राप्त हुनेछ भने करिब २५ लाख खर्च हुने अनुमान छ ।

हरिवन नगरपालिकाले प्रदेश दुग्ध विकास बोर्ड, कृषि अनुसन्धान निर्देशनालाय, परवानीपुर वीरगञ्ज पर्सा, कृषि ज्ञान केन्द्र सर्लाही, हेल्भेटास नेपाल, इन्दुशंकर चिनी उद्योग र हेफर इन्टरनेसनलसँगको सहकार्यमा प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीमा किसानलाई निःशुल्क स्टलको व्यवस्था रहेको छ ।


नेपालमा अहिले सञ्चालन भइरहेको निर्वाहमुखी खेती प्रणालीले मात्रै नपुग्ने, कृषि यन्त्र र कृषि औजारको प्रदर्शनीले मात्रै व्यावसायिक खेती प्रणालीतर्फ अग्रसर हुन टेवा पु¥याउने नगरप्रमुख रमेश बुढाथोकीले बताए । कृष औजारको प्रदर्शनीले व्यावसायिक खेतीतर्फ लाग्न सक्छौँ र कृषि औजारको प्रदर्शनी र कृषि औजारको प्रयोगले कम लगानीमै बढी आम्दाली लिन सक्छौँ भन्ने विश्वव्यापी मान्यतालाई स्थापित गराउनका लागि पनि हरिवन नगरपालिकाले यो प्रदर्शनी गर्न लागेको नगरप्रमुख बुढाथोकीले बताए ।

प्रतिक्रिया