काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशीको ५२ वर्षको उमेरमा बिहीबार बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको हो ।
उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् । ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया