सर्लाहीको हरिवनमा कृषि औजार प्रदर्शनी हुँदै

सर्लाही । सर्लाहीको हरिवनमा माघमा कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका साथ आउँदो माघ ५ गते देखि ७ गते सम्म दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना गर्न लागिएको हरिवन नगरपालिकाले जनाएको छ ।

हरिवनको सुर्ती बिकास खेल मैदानमा हुने दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनीको कृषि तथा पशु पंक्षी बिकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने वडा नम्बर ८ वडाध्यक्ष तथा कृषि प्रदर्शनी प्रचारप्रसार समितिका संयोजक प्रज्वल ढुंगानाले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा कृषि उत्पादनसँग सम्बन्धित औजार तथा डेरी उत्पादन लगायतको प्रदर्शनी हुनेछ ।

प्रदर्शनीमा फलफुल, दुग्धजन्य उत्पादन, दल्हन, तरकारी उत्पादन लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई पनि पुरस्कृत गरिने आयोजकले जानकरी दिएको छ । प्रदर्शनी अघिल्लो बर्ष बैशाख महिनामा भएको थियो । आयोजककाअनुसार यो प्रदर्शनीका लागी प्रदर्शनी सहआयोजकहरुबाट करिव २० लाख रुपैँया प्राप्त हुने छ भने करिव २५ लाख खर्च हुने अनुमान छ ।

हरिवन नगरपालिकाले प्रदेश दुग्ध बिकाश बोर्ड, कृषि अनुसन्धान निर्देशनालाय, परवानीपुर वीरगंज पर्सा, कृषि ज्ञान केन्द्र सर्लाही, हेल्बेटास, ईन्दुशंकर चिनि उद्योग र हेफर नेपालसँगको सहकार्यमा प्रदर्शनी गर्न लागेको हो ।

नेपालमा अहिले संचालन भईरहेको निर्वाहमुखि खेति प्रणालीले मात्रै नपुग्ने, कृषि यन्त्र र कृषि औजारको प्रदर्शनीले मात्रै ब्यवसायीक खेति प्रणालीतर्फ अग्रशर हुन टेवा पुर्याउने नगरप्रमुख रमेश बुढाथोकीको भनाई थियो ।

नगर प्रमुख बुढाथोकीले भने, ‘कृष औजारको प्रदर्शनीले हामी व्यवसायीक खेतीतर्फ लाग्न सक्छौँ र कृषि औजारको प्रदर्शनी र कृषि औजारको प्रयोगले कम लगानीमै बढी आम्दाली लिन सक्छौँ भन्ने विश्वब्यापी मान्यतालाई स्थापित गराउनका लागी पनि हरिवन नगरपालिकाले यो प्रदर्शनी गर्न लागेकाे ।’

प्रदर्शनीमा अवलोकन गर्न आउनेहरुको हरिवन नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य उपचारको व्यवस्था गरेको छ । प्रदर्शनीलाई सफल बनाउन आवश्यक सहयोग गरिदिन पनी आयोजकले सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया