पर्टेर्वा सुगौली गाउँपालिकाद्वारा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी तथा उपाध्यक्ष ममता चौधरीले संयुक्त रुपमा पोषणयुक्त खाद्यान्न वितरण गरेका छन् ।गाउँपलिकाका ६ महिना भित्रका सुत्केरी महिलाहरुलाई सो खाद्यान्न वितरण गरेका हुन् । उक्त गाउँपालिकामा स्थानीय बिकास कार्यक्रम अन्तरगत Action Aid Nepal तथा दिब्य बिकास श्रोत केन्द्र र पालिकाको समन्वयमा ३०० महिलाहरुलाई बितरण गरिएको थियो ।

वितरण गरिएको समानहरुमा होर्लिक्स १ केजी, सुजि १ केजी, दाल १.५० केजी तथा गेडागुडी १.५० केजी रहेको थियो । पोषणयुक्त खानाले सुत्केरी महिलाहरुको स्वास्थ अवस्था थप मजबुत हुनुका साथै जीवनयापन गर्न सजिलो हुने बताइएको थियो ।

प्रतिक्रिया