प्रथम कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै पोखरामा, ५ करोड बढीको कारोबार हुने

पोखरा । पोखरामा हुन लागेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी–२०८० को तयारी पुरा भएको छ । यहीं पुुस २० देखि २२ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी–२०८० को तयारी पुरा भएको हो । गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय–मालेपाटन, पोखरा, पोखरा महानगरपालिका, पोखरा, कास्की, नेपाल सरकार, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण पव्रद्र्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघले पत्रकार सम्मेन गर्दै मेलाको बारेमा जानकारी दिएको छ । सम्मेलनमा बोल्दै संघका अध्यक्ष कृष्ण शर्माले नेपालको विभिन्न क्षेत्रमा कृषि यान्त्रिकरण सम्बन्धि व्यवसाय गर्दै आएका व्यावसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरणमा टेवा पु¥याउने उद्देश्यले प्रर्दशनी गर्न लागिएको जानकारी दिए । यन्त्रीकरणमार्फत व्यवसायीकरण गरी प्रतिस्पर्धी तथा आधुनिक कृषिलाई सँगै लैजान सकिने बताउँदै अध्यक्ष शर्माले प्रर्दशनीमा ४० लाख बराबरको खर्च लाग्ने बताए । प्रर्दशनीमा प्रवेश निःशुल्क हुने जानकारी दिंदै अध्यक्ष शर्माले अपेक्षित अवलोकनकर्ता ४० जिल्लाका करिब तीस हजार सहभागी हुने बताए । ६० भन्दा बढी स्टल रहने प्रर्दशनीमा १० भन्दा बढी मुलुकका एक हजार भन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरु रहने शर्माले बताए ।

अनुमानित ५ करोड भन्दामाथिको कारोबार हुने अपेक्षा आयोजकले राखेको छ । प्रर्दशनीमा मेड इन नेपाल स्टलसँगै कृषि यान्त्रीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी÷सेमिनार, रैथाने बालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल÷अन्तक्रिया हुने आयोजकले जनाएको छ ।

एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुको बारे जानकारी गराउन प्रर्दशनी फलदायी हुुने कृषि निर्देशक बासु रेग्मीले बताए । प्रर्दशनीमा नीति निर्माता, पेशागत समुह, अनुसन्धानकर्ता, कृषक लगायतका सरोकारवालाहरुलाई कृषि यन्त्र तथा प्रविधि सम्बन्धी जानकारी सँगै कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्याउन पनि सहयोग पुग्ने उनको भनाई थियो ।

कृषि यान्त्रीकरण व्यवसायी र कृषकबीच कार्यगत समन्वय गरी लगानीको अवसर सृर्जना गर्न प्रर्दशनीले सहयोग गर्ने पोखरा महानगर कृषि शाखा प्रमुख मनोहर कडरियाले बताए । उनले कृषि यन्त्र तथा प्रविधि सम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञ र कृषक बीच समन्वय र सहकार्यको वातावरण सृर्जना गर्नमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताए ।

नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउविजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने छ । कृषकहरुलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिहरुको बारेमा जानकारी गराउने उद्देश्य उद्देश्यले नेपाल सरकारको आयोजनामा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७० चितवन, दोस्रो राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी, २०७२ कोहलपुर बाँके, नेपाल एग्रीटेक इन्टरनेशनल एक्सपो २०१७ भृकुटिमण्डप, काठमाडौ, तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६, चितवन, सलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८ सफलता पूर्वक सम्पन्न गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कृषि औजार, उपकरण, प्रबिधि उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलर, सब–डिलरहरु, सरकारी एवं गैह्र सरकारी संघ संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, अनुसन्धान संस्थाहरु, सेवा प्रदायक, कृषक, कृषक समूह, सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु लगायतको उपस्थिती रहने आयोजकले जनाएको छ ।

प्रर्दशनीको सहयोगी संस्थाहरुमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना, हरिहरभवन, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरिहरभवन, नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना, हरिहरभवन, ललितपुर, राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र, खुमलटार, ललितपुर, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, सलिका र पोखरा उद्योग बाणिज्य संघ रहेका छन् । गोल्ड स्पोन्सरमा एस.के.टी. नेपाल प्राली, सिल्भर स्पोन्सरमा जि सेभेन एग्रिकल्चर प्राली, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सर्भिलियन्स पार्टनरमा जोधनी ईलेक्ट्रो प्रा.लि, र हस्पिटालिटी पार्टनरमा मझेरी रिसोर्ट एण्ड स्पा लेकसाइड पोखरा रहेका छन् ।

प्रतिक्रिया