सर्लाहीका उखु किसान इस्तिहारले ताेडे अनसन, मुख्यमन्त्री यादवले खुवाए जुस

सर्लाही । उखु किसानका विभिन्न माग राख्दै अनसन बसेका उखु किसान शेष इस्तिहारले अनसन ताेडेका छन् । शेष इस्तिहारलाई मधेस प्रदेशका मुख्य मन्त्री सरोजकुमार यादवले जुस खुवाएर अनशन तोडाएका हुन् !

हरिवन नगरपालिका ११ का बासिन्दा शेष ईस्तिहारले सोमबारबाट ईन्दुशंकर चिनी उद्योगको मूलगेट छेउमा आमरण अनसन सुरु गरेका थिए ।

अनसनकारी इस्तिहारले प्रतिक्वीन्टल उखुको ७५० रुपैयाँ हुनुपर्ने, सरकारले दिन बाँकी गएको सिजनको अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको प्रर्वधन शब्द हटाई नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषि योग्य जमीनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मल खादको प्रवन्ध गर्नुपर्नेलगायतका माग राखेका थिए ।

यी हुन् आमरण अनशन ताेडाउनकाे लागि गरिएका सहमति बुँदाहरु

आमरण अनशन २०८०

आज मिति २०८० पौष ५ गते उखु किसानहरुको ६ बुदे माग राखि २०८० पौष २ गतेबाट आमरण अनशनमा बस्नु भएका शेख इस्तिहार सहित किसान प्रतिनिधि सामाजिक तथा राजनैतिक कार्यकर्ताहरु र मधेस प्रदेशका मुख्यमन्त्री माननीय सरोज कुमार यादव सहित मधेस प्रदेश सरकारका माननीय कृषि मन्त्री गोविन्द बहादुर न्यौपाने र उर्जा तथा जलस्रोत मन्त्री माननीय मोहम्मद फुलबाबु मन्त्रीबिच आमरण अनशन खुलाउनका लागि निम्न तल उल्लेखित बुँदाहरुमा सहमति गरिएको छ ।

तपशिल


१. उखुको मूल्य चिनीको मूल्यको आधारमा प्रति क्वीन्टल रु. ७५०/- कायम गर्न संघिय सरकारसँग मधेस प्रदेश सरकारले पहल गर्ने ।

२. किसानहरुलाई आवश्यक पर्ने उन्नत जातको उखुको बिउ मधेस प्रदेश सरकारले उपलब्ध गराउन व्यवस्थापन गर्ने ।

३. कृषि योग्य जमिनमा सिचाइको व्यवस्था मधेस प्रदेश सरकारले मिलाउन व्यवस्थापन गर्ने ।

४. किसानलाई चाहिने मल-खाद मधेस प्रदेश सरकारले उपलब्ध गराउन व्यवस्थापन गर्ने ।

५. सिँचाईका लागि डिप बोरिङ्ग तथा कृषि विद्युतिकरण गरि सिंचाईको व्यवस्था मधेस प्रदेश सरकारले मिलाउने।

६. प्रदेश सरकारबाट उखु किसानहरुलाई प्रति क्वीन्टल अनुदान रु. 90/- मात्र उपलब्ध गराउन व्यवस्थापन गर्ने ।

७. आमरण अनशनकर्ता शेख इस्तिहारलाई मधेस प्रदेशका मुख्यमन्त्री माननीय सरोज कुमार यादवद्वारा माथि उल्लेखित बुँदाहरु पुरा गर्ने प्रतिबद्धतासहित आमरण अनशन समापन गराउने ।

याे पनि : सर्लाहीका उखु किसान राजमार्गमै सुते, अर्का एकले सुरु गरे आमरण अनसन

सरकारले तोकेको उखुको प्रतिक्विन्टल ६३५ समर्थन मूल्य किसानले नमान्ने

प्रतिक्रिया