प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगितामा रौतहट सेमिफाइनलमा प्रवेश

मधेस । मधेस प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगितामा आज रौतहट र सिरहा विजयी भएको छ । प्रतियोगितामा आज दुईवटा खेल भएको थियो । पहिलो खेल रौतहट र सप्तरीबीच भएको थियो । रौतहटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

ब्याटिङ गर्न उत्रेको रौतहटको टिमले निर्धारित २० ओभरमध्ये १८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८१ रन बनाएको थियो । जवाफमा सप्तरीको टिमले ६१ रनमा अलआउट हुँदै पराजित हुन पुगेको थियो । जितसँगै रौतहट सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा मैन अफ द मैच चाँदनी खातुनले ६ विकेट हात पारेकी थिइन् ।

यता दोस्रो खेलमा सिरहा र बाराबीच भएको थियो । जसमा सिरहाले जित हात पारेको छ । सिरहाको टिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा १ सय १५ रन बनाएको थियो ।

१ सय १६ रनको लक्ष्य पाएको बाराको टिम १४ ओभर खेल्दै मात्र ३४ रन बनाउन सक्यो । उक्त खेलमा सिरहा विजयी भएको हो । खेलमा मेन अफ द म्याच मिना महतोले ब्याटिङ गर्दै २५ रन बनाएकी थिइन् भने बलिङतर्फ १ विकेट लिएकी थिइन् ।

भोलि (बुधबार) पहिलो खेल सिरहा र महोत्तरी तथा रौतहट र बाराबीच खेल हुनेछ । प्रतियोगिताका सबै खेल रौतहट जिल्ला क्रिकेट संघको खेल मैदान गौर राइस मिलमा चलिरहेको छ । उक्त प्रतियोगितामा रौतहट, सर्लाही, बारा, महोतरी, सिरहा र सप्तरी गरी ६ जिल्लाका महिला खेलाडी टिमको सहभागिता रहेको छ । पर्सा र धनुषा भने यस प्रतियोगितामा सहभागीता जनाउन सकेको छैन ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया