आठबिसकोट । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट रुकुम पश्चिममा ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको छ ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ नम्वर वडामा मात्रै २२ जनाको मृत्यु भएको छ ।
वडाको ज्यामिरकोटमा ९ जना, बाँके ज्युलामा ३ जना, पिपल चौर छेपारेमा ५ जना र छेपारेमा पाँच जना सहित २२ जनाको मृत्यु भएको वडाअध्यक्ष हुकुम पुनले बताए । यो सँगै भुकम्पमा परी आठबिसकोटमा ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको छ ।भुकम्पमा परी घाईते भएका २९ जनाको आठबिसकोट नगर अस्पतालमा उपचार भैरहेको छ । भने अन्यको उद्धार कार्य भैरहेको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया