काठमाडौं । नेकपा (एमाले) ले प्यालेस्टाइनी राज्यको एक अस्पतालमा इजरायलले गरेको आक्रमणको तीब्र निन्दा गरेको छ । प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा गएराति इजरायलले रकेट आक्रमण गर्दा पाँच सय भन्दा धेरैको मृत्यु भएको थियो ।
बुधबार अध्यक्ष केपी शर्मा ओलीले एक वक्तव्य प्रकाशित गरी सो आक्रमणको जति निन्दा गरेपनि कम हुने बताएका छन् । ‘निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ’ वक्तव्यमा भनिएको छ ।
प्रतिक्रिया