काठमाडौं । सेन्ट्रल फाइनान्स् लिमिटेडको चावहिल शाखाले काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको छ ।
शाखा प्रमुख सरिता श्रेष्ठले युनिफर्म तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर राईलाई हस्तान्तरण गरेकी हुन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फाइनान्सले आर्थिक अवस्था कमजोर भएका ११ जनालाई युनिफर्म तथा ७ जना शैक्षिक सामग्री वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताइन् । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाकले २६ वर्षदेखि बैंकिङ सेवा दिंदै आएको छ ।
प्रतिक्रिया