काठमाडौं । केही दिन अघिदेखि आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरु सरकारबीच सहमति भएको छ । सो सहमति भएसँगै शिक्षहरुले आन्दोलन फिर्ता लिएका छन्।
सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।
सरकार र महासंघबीच ५ गते असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो ।
प्रतिक्रिया