काठमाडौं र मकवानपुर जिल्लाको सीमाना चन्द्रागिरी पर्वतले ऐतिहासिक गााथा मात्रै बोकेको छैन अर्थतन्त्रको दरिलो आधार पर्यटन विकासमा समेत ठूलो योगदान पुर्याउने संभावना बोकेको छ । विगतमा राजधानीलाई तराई र दक्षिण छिमेकी मुलुक भारतसाग जोड्न यही मार्गको प्रयोग गर्नु पथ्र्या । पछिल्लो समय मुलुकमा सडक संजालको विकास र विस्तारसागै यो मार्ग ओझेलमा पर्दै गएको हो ।
यो पर्वतको बारेमा नसुन्ने सायद कमै होलान तर यसको महत्त्व र भित्री यथार्थ भने कमैलाई मात्रै थाहा होला । प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिकहरूले भरिपूर्ण तथा यथेष्ठ पर्यावरणीय पर्यटनको संभावना बोकेको यो पर्वत विगतमा जस्तो प्रयोगमा आउन भने सकेको छैन । जसले चन्द्रागिरी पर्वतको महत्त्व पनि घट्दै गएको आभास हुन थालेको छ । तर, यो पर्वतमा केबुलकार संचालन हुने खबरले चित्लाङ र थानकोटवासीमा भने खुसीयाली छाएको छ ।
हुन त अहिले पनि उत्तरी मकवानपुरको चित्लाङ, बज्रबाराही, मार्खुका वासिन्दा यही मार्ग भएर ओहोरदोहोर गर्ने गर्दछन् । राजधानीबाट चित्लाङ, मार्खु र टिस्टुङको पर्यटन यात्रामा निस्कनेहरूले पनि यो मार्गको प्रयोग गर्दै आएका छन् । कुनै समय राजधानीमा सवारी साधन बोकेर भित्र्याउने यो मार्गमा अहिले करिब आधा दर्जन साना जिपहरू संचालनमा छन् । यो बाटोमा त्यसताका मान्छेले गाडी बोक्थे अहिले गाडीले मान्छे बोक्न थालेका छन् ।
पृथ्वीनारायण शाहले वि.सं. १८२६ मा भक्तपुर विजय गरिसकेपछि राजा रणजीत मल्ल थानकोट र चित्लाङको चन्द्रगिरी पर्वत चिसापानी भई भारत गएको भन्ने कुरा विभिन्न पुस्तकहरूमा उल्लेख छ । पृथ्वीनारायण शाह मकवानपुरबाट नुवाकोट जान लाग्दा यही पर्वतमा आएर कान्तिपुर, पाटन र भक्तपुरको राजा हुन पाए हुन्थ्यो भन्ने मनसाय व्यक्त गरेको पाइन्छ । ई.सं. १९०६ मा जंगबहादुर राणा युरोप यात्रामा निस्कँदा पनि यही बाटो भएर गएको भनाइ छ । जंगबहादुरले कुलेखानीदेखि भीमफेदीसम्मको बाटो बनाइदिएकाले सो बाटोको नामै जंगबहादुरको बाटो भन्ने गरिएको छ ।
चित्लाङ, मार्खु, कुलेखानीका विभिन्न स्थानहरूमा आवास गृह निर्माण गरेको पाइन्छ । यी सन्दर्भहरूले यो मार्गको ऐतिहासिक महत्त्व र पहिचान दर्शाउँछ । ऐतिहासिक मात्रै नभएर पर्यावरणीय स्वच्छताको लागिसमेत यो पर्वतलाई एउटा प्राकृतिक वरदान मान्न सकिन्छ । काठमाडौंलाई स्वच्छ हावा प्रदान गर्ने चार भञ्ज्यांग मध्ये यो पनि एक हो ।
काठमाडौंको थानकोट गोदामदेखि चित्लाङसम्मको १८ किमीको पैदल यात्रा करिब ३ घन्टामा गर्न सकिन्छ । गणेशमान सिंह मार्गको नामलेसमेत चिनिने यो मार्गको स्तरीकरण गरी भरपर्दाे बाटो बनाउने हो भने तराई जोड्ने सबैभन्दा छोटो दूरीको रूपमा समेत लिन सकिन्छ । बाइरोडको बाटो, मुग्लिनको बाटो र दक्षिणकालीको मार्गभन्दा कयांै गुणा छिटो पुग्न सकिने यो मार्ग ओझेलमा पर्दा स्थानीय मात्रै मर्कामा परेका छैनन् मुलुकको अर्थतन्त्रमै धक्का पुगेको छ ।
विशेषत: अहिलेको मौसममा यो डाँडाको टुप्पोबाट देखिने काठमाडौं उपत्यकाको दृश्य र सूर्याेदयले चम्काएको हिमालको मुस्कान देख्दा मोहित नहुने सायद कमै होलान । वरिपरि देखिने हिमश्रृंखलाको अवलोकन र स्वच्छ पर्यावरणमा रमाउनका लागिसमेत यो मार्गको यात्रा अति उत्तम मान्न सकिन्छ । वर्षात मौसममा बादल र कुहिरोले गर्दा बिहानी र साँझमा भने यस्तो मनमोहक दृश्य देखिन्न । डाँडाबाट नियाल्दा गुच्चाकारको काठमाडौं उपत्यका र बेलुका झिलिमिली देखिने उपत्यकाले मानवको मात्रै होइन हरेक प्राणीले राजधानीलाई स्वर्ग ठान्दा हुन । काकाकूल उपत्यकामा भविष्य खोजेर हराउनेहरूका लागि शान्त, सुन्दर र शीतलता प्रदान गर्न यो पर्वत आतुर देखिन्छ ।
यो पर्वतमा चराचुरुंगीको चिरबिर आवाजसँगै लोकभाका गाउँदै पैदल हिँड्नेहरूको कुनै कमी देखिन्न । डाँडाको टुप्पोबाट चित्लाङको हराभरा फाँट र प्राचीन वस्तीहरूको समेत अवलोकन गर्न सकिन्छ । बास्तवमै भन्नुपर्दा उचित पूर्वाधारको विकास हुने हो भने मकवानपुरकै पर्यटकीय क्षेत्र दामनको विकल्पको रूपमा समेत स्थापित हुने प्रवल संभावना छ चन्द्रागिरी पर्वत । पर्याप्त पूर्वधारको अभाव र सरकारको सकारात्मक नजर पुग्न नसक्दा नै यो मार्ग ओझेलमा परेको हो । राजनीतिक संग्रामबाट मुक्ति पाउन धुलिखेल र दामन पुग्ने नेतागणहरूलाई चन्द्रागिरी झन् ठूलो उपयुक्त स्थल हुने थियो ।
चोरी, डकैटी र वन्यजन्तुको डरले नै त्यस क्षेत्रमा रहेका केही सीमित घरहरूसमेत अवशेषमा रूपान्तरित भएका छन् । त्यसकारण यो क्षेत्रको यात्रा गर्दा अत्यावश्यक कुराहरू जस्तै पानी, औषधी, खानेकुरा लगायत साथमा राख्नु आवश्यक छ । चन्द्रागिरीको प्रस्थान विन्दुदेखि चित्लाङ नपुगुन्जेलसम्म कहीँकतै पनि बस्ती भेटिदैनन् ।
यो पर्वतको अर्काे सम्पदा हो जडीबुटी । यहाँ चिराइतो, पाखुम्बेत, लौठ सल्लाजस्ता सयौं जडीबुटीहरू त्यसै खेर गइरहेका छन् । खेर गइरहेका मात्रै होइनन् केही स्थानीय व्यक्तिहरूले आयआर्जनसमेत गरिरहेका छन् । यसलाई अझ व्यवसायिक रूपमा सही सदुपयोग गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्ने कुरामा शंका छैन । खोज्दै जाने हो भने यो जंगलमा अझ धेरै लाभदायक संभावनाहरू देखिन्छन् । लामो समयदेखि यो बाटो निर्माण र स्तरीकरणका लागि भन्दै सरकारले बजेट छुट्याउने गरिए पनि प्राय: हरेक वर्ष फ्रिज हुने गरेको छ । थानकोट र चित्लाङका स्थानीय बासिन्दा तथा राजनीतिक दलहरूको मतभेदका कारण यो मार्ग बन्न सकेको छैन । यति मात्रै होइन सरकार र सडक विभाग लगायतका निकायलेसमेत यो मार्ग बनाउन खासै पहल गरेको देखिँदैन । कहिले ठेकेदार विवाद त कहिले उच्च पदस्थ व्यक्तिहरूको विवादका कारण हरेक वर्ष यो मार्गको बजेट फिर्ता भएको समाचार सुन्न बाध्य छौँ । कुलेखानी, चित्लाङ लगायतका क्षेत्रको भ्रमणका लागि जाने पर्यटकहरूले कच्ची बाटोमा उड्ने धुलोकै कारण हैरानी खेप्नु परेको छ ।
यो मार्गको स्तरीकरण गरी आवश्यक पूर्वाधार खडा गर्न सरकारले वातावरण मिलाउनुपर्छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाई सरकारले यो क्षेत्रलाई प्रमुखताका साथ लगानी गर्ने हो भने चन्द्रागिरी डाँडा हाम्रो लागि ठूलो उपलब्धि सावित बन्ने थियो । यस जंगलमा विभिन्न अनौठा कीरा फट्यांग्राहरू, चरा लगायतको अवलोकनसमेत गर्न पाइन्छ । अर्काे अचम्म लाग्दो कुरा त के छ भने, यो मार्गमा गड्यौला असाध्यै देखिन्छन् । बास्तवमै भन्नुपर्दा यी गड्यौलाहरूले ढाकेको ‘गड्यौली सडक’ भन्दा फरक पर्दैन । चन्द्रागिरी डाँडामा सुविधा सम्पन्न रिसोर्ट बनाउने र सुरक्षा लगायतको पूर्वाधार खडा गर्ने हो भने पर्यटनको ठूलो संभावना बोकेको छ यो पर्वतले । तर, विडम्बना यो मार्गको मर्मत र स्तरीकरणकालागि प्रयास थालिएको ३० वर्ष वितिसक्दा पनि कहिल्यै बन्न सकेन ।
[email protected]
प्रतिक्रिया