केवलपुरे–जनमत सम्मानबाट साहित्यकार सुमित्रा सम्मानित

काभ्रे । नुवाकोटमा रहेर साहित्यिक क्षेत्रमा विशेष योगदान पुर्याउँदै नेपाली भाषा–साहित्यको सेवा गर्दै आफूलाई चिनाउँदै आएकी साहित्यकार, साहित्यिक पत्रकार र साहित्यिक अभियन्ता सुमित्रा सुमीलाई सम्मान गरिएको छ ।

आज जनमत चौतारीमा जनमत वाङ्मय प्रतिष्ठानको विशेष कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले ‘केवलपुरे–जनमत सम्मान’ ले उनलाई सम्मानित गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै दुवालले भने, ‘नुवाकोटका एक जना सक्रिय महिला लेखिका, साहित्यिक अभियन्ता र साहित्यिक पत्रकार सुमित्राको सम्मान गर्न पाउँदा जनमत खुसी व्यक्त गर्दछ ।’

उक्त कार्यक्रममा साहित्यकार सुमित्राको सम्मानमा सहभागी भई सम्मान गर्नेहरुमा जनमतका सम्पादक भारती श्रेष्ठ, सहसम्पादक रामसुन्दर देउजा, जनमतका सहयोगीहरु शारदा घिमिरे भैल, कालिका त्रिपाठी पन्त, श्रीकृष्ण श्रेष्ठ, हरिप्रसाद चौलागाईं छन् ।

जनमत चौतारीमा सम्मान लिँदै सुमित्राले खुसी व्यक्त गर्दै भनिन्, “जनमतको यो सम्मानले यात्राका लागि मलाई बल थपिदिएको छ ।

प्रतिक्रिया