लोडसेडिङ न्यूनीकरणमा बैकल्पिक ऊर्जाको कस्तो भूमिका हुन सक्छ ?

लोडसेडिङ न्यूनीकरणका लागि नवीकरणीय ऊर्जाले सबैभन्दा बढी योगदान गर्न सक्छ । अहिले लोडसेडिङको समस्या भयावह भइरहेको बेला सबैभन्दा उपयुक्त विकल्प सौर्य प्रणाली हुन सक्छ । यो सहर र गाउँ दुवैमा सम्भव छ । सहरमा एउटा घर बनाउनका लागि कम्तीमा ५० लाख खर्च हुन्छ तर ५/७ वटा बत्ती, एउटा टिभी र एउटा कम्प्युटर चलाउन ७० हजार खर्च गरे सौर्य प्रणाली जोड्न सकिन्छ । मार्बलका लागि पाँच लाख रुपियाँ खर्च गर्न सक्नेले ७० हजार खर्च गर्न सक्दैनन् भन्ने कुरा हुँदैन । नवीकरणीय ऊर्जाबारे चेतना अभाव भएको कारणले यसो भएको हुन सक्छ । सहरबासी सबैलाई सौर्य प्रणालीमा अनुदान दिनुपर्छ भन्ने छैन तर विद्यार्थी, श्रम गरेर बाँच्नेहरूलाई दिँदा राम्रो हुन्छ । उनीहरूलाई सामान्य बत्ती बाल्नका लागि ६/७ हजार रुपियाँ भए पुग्छ । नेपालमा ऊर्जा संकट समाधानका लागि सुधारिएको चुल्हो, वायोग्यास, वायु ऊर्जालगायतको पनि सम्भावना छ । नेपालमा ६ हजारभन्दा बढी खोलानाला छन्, तिनीहरू सबै खोलानालाबाट लघु जलविद्युत् निकाल्न सकिन्छ । लघु जलविद्युत्मार्फत बत्ती बाल्नुका साथै सानातिना उद्योगधन्दा चलाउन पनि सकिन्छ । शौचालय र गाईवस्तु भएको प्रत्येक घरमा बायोग्याँस निकाल्न सकिन्छ भने सहरका किचेनबाट निस्कने तथा अन्य फोहोरबाट बायोग्याँस पनि निकाल्न सकिन्छ । त्यसका लागि यो वर्ष एक हजार घरधुरीको किचनबाट बायोग्यास निकाल्ने योजना छ ।

प्रतिक्रिया