पाँच वर्षमा २ हजार ८ सयले गरे आत्महत्या !

झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी

धनगढी । सुदूरपश्चिम प्रदेशमा पाँच वर्षको अवधीमा २ हजार ८ सय ६३ जनाले आत्महत्या गरेका छन् । आव २०७५/७६ देखि गत आव २०७९/८० सम्मको पाँच वर्षका अवधीमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका सो संख्याका मानिसहरुले आत्महत्या गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आव ०७५/७६ मा पाँच सय,०७६/७७ मा ५ सय ४४ जना ०७७/७८ मा ६ सय ६८ जना, ०७८÷७९ मा ५ सय ७६ जना र आव ०७९/८० मा पाँच सय ५७ जनाले आत्महत्या गरेका छन् । पछिल्ला २ वर्षदेखि आत्महत्या गर्नेको संख्या घट्दो क्रममा रहेको देखिन्छ । भने झुण्डिएर आत्महत्या गर्नेको संख्या सबै भन्दा बढी रहेको छ ।

पाँच वर्षको अवधीमा सबै भन्दा बढी झुण्डिएर २ हजार १ सय ८१, विष खाएर ६ सय १२, आगो लाएर ३, हाम फालेर १८, करेन्ट लाएर ५, हातहतियार औजारबाट ६ र पानीमा हाम फालेर डुबेर ३८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आव २०७५÷७६ मा झुण्डिएर ३४३, विष खाएर १४३, हाम फालेर ३, हातहतियार औजारबाट २, पानीमा हाम फालेर डुबेर १८ जनाले, आव ०७६÷७७ मा मा झुण्डिएर ४ सय ७, विष खाएर १ सय २४, आगो लगाएर १, हाम फालेर १, हातहतियार औजारबाट १, पानीमा हाम फालेर डुबेर १० जनाले र आव ०७७÷७८ मा मा झुण्डिएर ४ सय ९८, विष खाएर १ सय ७३, आगो लाएर १, हाम फालेर ४, करेन्ट लाएर ३, हातहतियार औजारबाट ३, पानीमा हाम फालेर डुबेर ४ जनाले आत्महत्या गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आव ०७८/७९ मा झुण्डिएर ४ सय ६६, विष खाएर १ सय २, आगो लाएर १, हाम फालेर ५, करेन्ट लाएर १, पानीमा हाम फालेर डुबेर १ जनाले र गत आव २०७९÷८० मा झुण्डिएर ४ सय ६७, विष खाएर ७९, हाम फालेर ५, करेन्ट लाएर १ र पानीमा हाम फालेर डुबेर ५ जनाले आत्महत्या गरेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले आर्थिक समस्या ,समाजमा देखासिकीमा सक्ने भन्दा बढी चाहना राख्दा पूरा नहुँदा, प्रेममा असफलतालगायतका कारणले आत्महत्याका घटना हुने गरेको बताए ।
उनले भने, ‘पारिवारिक आर्थिक समस्याको कारण, लिएको ऋण तिर्न नसक्दा, प्रेममा असफललगायतका कारणले नै बढी जसो आत्महत्या गर्ने गरेको देखिन्छ ।’

प्रतिक्रिया