पाँचथर । मेची राजमार्गअन्तर्गत लालिखर्कमा लोबेट गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका– २ इम्बुङ निवासी अन्दाजी ३० वर्षीय दिलकुमार लिम्बु रहेको फिदिम नगरपालिका– ३ का वडाध्यक्ष नरेन्द्र गुरुङले जानकारी दिए ।
मेची राजमार्गअन्तरर्गत लालीखर्कमा बुधबार दिउँसो १ः३० बजेतिर पैदल हिँडिरहेका लिम्बुलाई प्रदेश २–०३–००१ ख ४८०७ नम्बरको खाली लोबेट गाडीले ठक्कर दिएको थियो ।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष गुरुङले बताए । ठक्कर दिएको लोबेट प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया