बन्दुकले हानेर भोजपुरमा साथीको हत्या : पुरियो खोलाको बगरमा, ६ जना पक्राउ

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सो घटनामा संलग्न ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

उक्त घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथीको मृत्यु भएपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानीस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले पक्राउ गरेको हो ।

‘घटना २२ गते रातिको भन्ने बुझिएको छ’, प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ, हामीलाई सूचना आउना साथ ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ, पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ, थप अनुसन्धान जारी छ ।’

मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिए लगत्तै आरोपीलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया