पूर्व सांसद र वडाध्यक्षद्वारा कार्यालय प्रमुखमाथि हातपात

मुगु । नेकपा एमालेका नेता कर्णाली प्रदेशसभाका निवर्तमान सदस्य दानसिंह परियार र छायानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई.दत्त बुढथापामाथि हातपात गरेका छन् ।

शनिबार ६ बजेतिर योजनाको विषयलाई लिएर विवाद हुँदा निवर्तमान सदस्य परियार र छायानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई.दत्त बुढथापालाई हातपात गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोषमार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुँदै माथतल्ला सम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाब दिँदा आफूले अस्वीकार गर्दा आफूमाथि माननीय र वडाध्यक्षले कार्यालयभित्र हातपात गरेको र कार्यालय तोडफोेड गरेको पूर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई.दत्त बुढथापाले जानकारी दिए ।

उनका अनुसार दुवै योजनाको काम भएको तर लागत स्टमेट अनुसारको भएको छैन ४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ त्यसै अनुरूप भुक्तानी लिन आग्रह गरेको थिएँ उहाँहरूले मान्नुभएन । लागत स्टमेटअनुसार काम नभएकाले र फाइन बिल बढाउन नसकिने अवस्थाका बारेमा जानकारी दिँदै गर्दा बिल बढाउन आफूले नसक्ने बताएपछि आफूमाथि हातपात भएको बताए ।
बिल बढाउ अख्तियारमा पर्ने डर नबढाउ कुटाई खाने डरले मुगुमा काम गर्न असहज भएको बुढाले बताए । प्राविधिकहरूलाई पनि ज्यान मार्ने धम्कीले कर्मचारी त्रासमा छन् । यो वर्षको आर्थिक वर्ष सकिन एक दिन बाँकी छ । अन्य योजनाको भुक्तानी दिन बाँकी रहेकाले काम गर्न असहज भएको कार्यालय प्रमुख बुढथापाले बताए ।
यसैबिच हातपातपछि निवर्तमान सांसद परियार र वडाध्यक्ष रावललाई प्रहरीले नियन्त्रण लिएको छ । उनीहरूलाई सोधपुधका लागि जिल्ला प्रहरी कार्यालय मुगुमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया