बजार अनुगमनमा तिव्रता दिंदै घरेलु तथा साना उद्योग कार्यालयल बझाङ

बझाङ । घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनमा तिव्रता दिएको छ । बझाङ जिल्लामा रहेका व्यवसायीहरुले म्याद सकिएको सामाग्री बिक्री वितरण गर्ने गरेको पाइएपछि घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनमा तिव्रता दिएको हो । म्याद सकिएको सामाग्रीले गर्दा उपभोक्ताहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएकाले घरेलु तथा साना उध्योग कार्यालय बझाङले बजार अनुगमनलाई तीव्रता दिइएको हो ।

बुधबार सदरमुकाम चैनपुरबजार सँगै जोडिएको पक्की पुल चौड बजारमा अनुगमन गर्दा म्याद सकिएको खानेतेल, सोया सस, भान्सामा प्रयोग हुने सबै प्रकारको मसला, चलकलेट, चाउचाउ विस्कुट, काजुलगायतका करीब ३६ हजार ८ सय ९० रुपौया बराबरको म्याद सकिएको सामान बरामद गरी गरिएको छ ।

योभन्दा अगाडी पनि घरेलु तथा साना उध्योग कार्यालयका कार्यालय प्रमुख खडक बोहराको नेतृत्वमा थलारा गाउँपालिकाको खोली बजार, मोरायल बजार, दुर्गाथलील गाँउपालिकाको झनाना,बजार केदारस्युँ गाँउपालिको रायल बजार जयपृथ्वी नगरपालिकाको सुवेडा बजार लगायतका स्थानीय व्यापारिक केन्द्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख बोहराले भने, ‘तपाईहरुले जहिले पनि अरुवाट उपभोग्य वस्तुहरु किन्दा उपभोग मिती कहिले सम्म छ भन्ने कुराहरुमा विशेष ध्यान दिनुपर्छ ।’ म्याद सकिएको उपभोग्य वस्तु बिक्रि गर्दा उपभोत्ताहरुको स्वास्थ्यमा हानी हुने उनले बताए । उनले पसल वा होटलहरुमा अनिवार्य रुपमा व्यवसायीक दर्ता प्रमाण पत्र र करचुक्ता नविकरण, सामाग्रीको दररेट समयमै गर्नुपर्ने बताए ।

प्रतिक्रिया