फिदिम नगरपालिकाले ल्यायाे ९६ करोड ९५ लाख ७९ हजारको बजेट

पाँचथर । फिदिम नगरपालिका को १३औ नगर सभा सम्पन्न भएकाे छ । ‘फिदिमले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपैयाको बजेट सार्वजनिक गरेको हो ।

नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपानेले आइतबार उक्त बजेट सहित नीति र कार्यक्रम नगरसभामा पेश गरेका थिए । उक्त बजेटमध्ये पुर्वाधार विकासमा २१ करोड ४५ लाख सामाजिक विकासमा ५२ करोड ५७ लाख, आर्थिक विकासमा ७ करोड ४४ लाख, वन वातावरण र विपदमा १९ करोड ८० लाख, सार्वजनिक सेवा र सुशासनमा २ करोड ४० लाख र सञ्चालन खर्चमा १९ करोड ५० लाख रुपैंया खर्च गर्ने उल्लेख छ ।

नगरपालिकाको नीति र कार्यक्रममा एक वडा एक उत्पादन, कृषि, पशुपालन र सरसफाइ जस्ता विषय समेटिएका छन । शैक्षिक सुधार र पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिएको नगरप्रमूख मित्रप्रसाद काफ्लेले बताए ।

नगर सभाको सभामुख नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले संघीय संसदमा सभा सञ्चालन गर्ने ढाँचामा सभा सञ्चालन गरेका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे उपप्रमुख राधाकृष्ण न्यौपाने जवाफ दिएका थिए ।

प्रतिक्रिया