काठमाडौं : विद्यालय खेलकुद शिक्षक कोर्सका सहभागीले राजधानीमा मंसिर पहिलो साता विभिन्न ५ खेल समावेश गरी विन्टर क्याम्प सञ्चालन गर्ने भएका छन् । क्याम्प १ देखि ७ माघसम्म हुनेछ । क्याम्पमा बास्केटबल, फुटबल, टेबलटेनिस, तेक्वान्दो र भलिबलका खेलमा समावेश छन् ।
विद्यालयका विद्यार्थी खेलाडीलाई ती खेलबारे प्रशिक्षण दिन विन्टर क्याम्प सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक सागर गिरीले जनाएका छन् । क्याम्प शंखमूलस्थित नेरिक एकेडेमी र कपनस्थित माउन्ट कैलाश स्कुलमा सञ्चालन हुनेछ ।
क्याम्पमा नेरिक र माउन्ट कैलाशसहित आइडियल इंग्लिस स्कुल, बौद्ध चिल्ड्रेन हेभन तथा विपुल स्कुलका एक सय जनाको सहभागिता रहने गिरीले बताए ।
कोर्सका सहभागीले दिने प्रशिक्षणको फुटबलका दीपकराज शाही, टेबलटेनिसका सुशील पौडेल, तेक्वान्दोका नोर्बु लामा तथा भलिबलका कपिलकिशोर श्रेष्ठले निरीक्षण गर्नेसमेत बताइएको छ । (सौस)
प्रतिक्रिया