कालिकोट । प्रारम्भिक बालविकास कार्यविधी निर्माणसम्बन्धी परामर्श कार्यशाला मान्ममा सुरु भएको छ । ‘घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले’ भन्ने मुल नाराका साथ कार्यशाला सुरु भएको हो ।
खाँडाचक्र नगरपालिकामा रहेका कार्यपालिका सदस्य तथा अन्य जनप्रतिनिधि र सम्बन्धित शाखाका प्रमुख प्रतिनिधिहरुको सहभागितामा कार्यशाला सुरु भएको हो । प्रारम्भिक बाल शिक्षा र विकासको शवलीकरणका लागि दुईदिने कार्यशाला सुरु भएको हो ।
उक्त कार्यशालामा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाबाट मोहन निरौला, पदमसुन्दर लिम्बु, रमा थपलियाले कार्यशालामा प्रशिक्षण गर्नेछन् । युनिसेफ नेपालको आर्थिक सहयोग, खाँडाचक्र नगरपालिकाको आयोजना तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको सहजिकरणमा कार्यशाला थालिएको हो ।
कार्यशालामा खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाही, उपप्रमुख गणेशबहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत जसिप्रसाद चौलागाँई, बालविकास संयोजक अधिकृत मिसीरा शाहीलगायत वडा नम्बर १ देखि ११ सम्मका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षाका प्राविधिक सहयाक बलिराज शाहीले गरेका छन् ।
प्रारम्भिक बालविकास राष्टिय रणनीति २०७७ देखि २०८८ को संक्षिप्त परिचय गराउँदै सो रणनीति बमोजिम उद्देश्यहरु पूरा गर्न खाँडाचक्र नगरपालिकाको एकीकृत प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन कार्यविधी निर्माणको मस्यौदासम्बन्धी परामर्श कार्यशाला र मस्यौदालाई अन्तिम रुप प्रदान गर्ने कार्यशालाको उद्देश्य रहेको बालविकास संयोजक अधिकृत मिसीरा शाहीले बताइन् ।
कालिकाेट
प्रतिक्रिया