जुरिच : अर्जेन्टिना र स्पेनिस क्लब बार्सिलोनाका २५ वर्षिय स्ट्राइकर लियोनेल मेसी चौथोपटक फिफा वर्ष खेलाडी घोषित भएका छन् । र, यससँगै उनले फुटबलको दुनियाँमा कीर्तिमान रचेका छन् । भनिन्छ, कीर्तिमान तोडिनका लागि नै बन्छन् । तर, खासमा त्यो कीर्तिमान कति लामो समयसम्म कायम हुन्छ भन्ने विषय ठूलो हो । पछिल्लो समय यी फुटबल स्टार आपैँmले लगातार कीर्तिमान तोडिरहेका छन् र ती कीर्तिमान तोडिनबाट उनैले असम्भवभैँm बनाइरहेका छन् । सोमबार राति ज्युरिचमा आयोजित एक भव्य समारोहबीच उनी इतिहास निर्माता भएका हुन् । त्यससँगै उनी फ्रान्सका जिनेदिन जिदान र ब्राजिलका रोनाल्डोभन्दा एक कदम अगाडि बढेका हुन् । यद्यपि, जिदान र रोनाल्डो लगातार वर्ष खेलाडी घोषित भएका थिएनन् । सन् २००९ यता मेसीले यो अवार्ड आफूभन्दा अन्यत्र उम्किन दिएका छैनन् ।
फेरि अर्को वर्ष तथा सिजन सानदार प्रदर्शन गरेपछि मेसीले मनोनयनमा परेका पोर्चुगलका रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाकै स्पेनिस स्टार आन्द्रेस इनियस्टालाई पछाडि पारेर यो दुर्लभ सफलता हात पारेका हुन् । मतदानको क्रममा मेसीले ४१.६ प्रतिशत पाए भने रोनाल्डो २३.६८ प्रतिशत पाएर दोस्रो स्थानमा रहे । इनियस्टालाई भने १०.९१ प्रतिशत मात्र प्राप्त भयो ।
सन् २०१२ मा मेसीले क्लब र राष्ट्रका लागी ९१ गोल गरेर एक क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने गर्ड मुलरको नाममा रहेको ४० वर्ष पुरानो ८५ गोलको कीर्तिमान तोडेका थिए । त्यस्तै उनले स्पेनिस लिगको गत सिजनमा लिग कीर्तिमानका रूपमा ५० गोल गरेका थिए भने ७३ गोल गरेर एकै सिजन क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा मुलरकै कीर्तिमान तोडेर विश्वकीर्तीमान पनि बनाएका थिए । सोही सिजन उनी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने सर्वकालीन खेलाडी भए भने युरोपियन च्याम्पियन्स लिगको कुनै एक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा कीर्तिमानको बराबरी गरे । यसै प्रतियोगितामा बायर्न लेभरकुसनविरुद्धको खेलमा पाँच गोल गरेर उनले यस प्रतियोगिताको कुनै एउटै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाएका थिए । सन् २०१२ मा मेसीले राष्ट्रिय टोलीका लागि १२ गोल गरे ।
सन् २००८ मा पिप गार्डिओलाले बार्सिलोनाको प्रशिक्षण सम्हालेपछि मेसीले विश्व फुटबलमा आफ्नो परिचय थप फराकिलो बनाए । गत सिजन गार्डिओलाले बार्सिलोना छाड्दा उनको मातहतमा खेलिएको अन्तिम खेलमा पनि मेसीले गोल गरेका थिए । सन् २००४/०५ को सिजनमा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका मेसीले बार्सिलोनाका लागि अहिलेसम्म दुई सय ८९ गोल गरेका छन् ।
पछिल्लो कीर्तिमानपछि मेसीले आफ्नो करियरको अन्त्यमा मात्र सफलताको मूल्यांकन गर्ने बताए । ब्यस्त समयका बाबजुत सफलताबारे अहिले आफूलाई सोच्न फुर्सद नभएको मेसीले बताए । ‘यो अवार्ड जितेकामा निश्चितरूपमा म निकै खुसी छु ।’ मेसीले भने, ‘तर यस पुरस्कारबारे मलाई अहिले सोच्ने, रमाइलो गर्ने समय छैन । बरु आउँदै गरेका खेलको चिन्ता छ मलाई यतिबेला । हरेक कुरा निकै चाँडै आइरहेको छ ।’
उनले आपैँmले आफू विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको तुलना गर्ने समय नभएको बताए । ‘म आपैँmलाई तुलना गर्दिनँ । मसित विश्वको सर्वोत्कृष्ट भएकोमा सोच्ने समय पनि छैन । यति हो, मैले आनन्द महसुस गर्न प्रयास गरिरहेको छु ।’ विगत सम्भँmदै मेसीले भने, ‘मैले पहिला भनेजस्तै मेरो करियरको अन्त्यमा विगतमा गरेका कामप्रति नजर लगाउने छु । मानिसको आफ्नो विचार हुनेछ होला र त्यसैका आधारमा म आफ्नो करियर बुझ्नेछु ।’
विजेता घोषणा समारोहमा सन् २००८ को संस्करणका विजेता क्रिस्टियानो रोनाल्डो भने सहभागी भएनन् । सोमबार राति रियल म्याड्रिडको खेल भएका कारण रोनाल्डो कार्यक्रममा सहभागी नभएका हुन् । कार्यक्रममा उपस्थित इनियस्टाले मेसीले पाँचौँपटक पनि अवार्ड रक्षा गर्ने दाबी गरे । २८ वर्षीय इनियस्टा यसपटक युरो वर्ष खेलाडी घोषित भएका थिए । विश्व फुटबलमा मेसीको छाँयामा रोनाल्डो रहनेक्रम भने यसपटक पनि कायम रह्यो ।
बोस्क्यु वर्ष प्रशिक्षक
स्पेनका प्रशिक्षक भिन्सेट डेल बोस्क्यु वर्ष प्रशिक्षक घोषित भए । युरोकपमा स्पेनले प्राप्त गरेको सफलतापछि डेल यस अवार्डका लागि निर्विवादभैँm बनेका थिए । उनले रियल म्याड्रिडका होजे माउरिन्हो र बार्सिलोनाका पिप गार्डिओलालाई पछि
पारेका हुन् ।
प्रतिक्रिया