कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु,२८ जना घाइते

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परि २८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुगरखालबाट भजनी नगरपालिका-९ कुणी तर्फ आईरहेको चालक सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए ।

मृत्यु हुनेमा भजनी नगरपालिका-९ की अन्दाजी १४/१५ बर्षीया चाहाना चौधरी र सोही ठाउँकी अन्दाजी ४५/४६ बर्षीया दिलरानी चौधरी रहेको प्रहरीले जनाएको छ । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारको लागि घोडाघोडी अस्पताल सुखड र बर्दगोरिया अस्पताल पठाएको प्रहरीले जनाएको छ । ट्याक्टर ईलाका प्रहरी कार्यालय जोशीपुरमा राखेको र फरार रहेका ट्याक्टर चालकको खोजी कार्य भई रहेको जनाइएको छ ।

प्रतिक्रिया