बझाङ । जिल्लाको मस्टा गाउँपालिका–४ मा रहेको कुल मस्टाजन माध्यमिक विद्यालयमा सुस्त मनस्थिति विशेष कक्षाको भवनको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०८९÷८० मा ४२ लाखमा चारकोठे दुईतले भवनसहित शौचालय, सयनकक्ष, निर्माणका लागि बजेट विनियोजन गरेपछि उक्त भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सामाजिक विकास कार्यालय बझाङका कार्यालय प्रमुख वीरबहादुर धामीका अनुसार भवन निर्माणका लागि अशोज महिनामा विद्यालय व्यवस्थापन समितीसँग सम्झौता भई चैत मसान्तभित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने लक्ष राखिएको बताए ।
कार्यालय प्रमुख धामीले भने, ‘अहिलेसम्म भवनको संरचना निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । हामीले भवन निर्माण कार्यको गतिलाई हेर्दा र लागत अनुमान गर्दा भवन निर्माण गर्दा लागेको रकम जम्मा ३० प्रतिशत अर्थात १३ लाख ६० हजारसम्म मात्र भुक्तानी दिएका छौँ । भवनको संरचना अझै केही बन्न बाँकी छ । जस्तै प्लास्टर, पेन्टिङ, र कक्षाकोठाभित्र चाहिने फर्निचरहरू बनाउन बाकी छ । सबै कार्य सम्पन्न भइसकेपछि भुक्तानी दिइनेछ ।’
उक्त भवन निर्माण भइसकेपछि जिल्लाभरका सुस्त मनस्थिति भएका विद्यार्थी भाइबहिनीहरूलाई खेल्ने ठाउँ सुत्ने, ठाउँ र बासका लागि पनि राम्रो व्यवस्था हुने बताए ।
बझाङ
प्रतिक्रिया