कालिकोट । बालवालिकालाई हरेक नीति निर्माण र बिकास निर्माणका क्रियाकलापमा सहभागिता गराई गुनासा सुन्नु पर्नेमा स्थानीय तहका जनप्रतिनिधिहरुले जोड दिएका छन् । बालबालिकाका विभिन्न मागलाई सकारात्मक दृष्टिकोणले हेरी उनीहरुको सहभागिता बढाउनु पर्नेमा जनप्रतिनिधिहरुले जोड दिएका छन् । सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालिकोटले आयोजना गरेको कार्यशाला गोष्ठिमा यस्तो बताएका हुन् ।
कालीकोट जिल्लाका स्थानिय तहहरुले बालबालिकाका क्षेत्रमा बनाएका नीति, रणनीति, कार्यबिधि, संरचना, बजेट तथा क्रियाकलापको बर्तमान अवस्था र दिगोपनाका लागि आगामी योजनाका बिषयमा जनप्रतिनिधि र नागरिक समाजबीच सिकाई आदान प्रदान कार्यशालामा बालबालिकाको बिषयमा बृहत् छलफल गरिएको हो ।
सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटद्धारा सञ्चालित सहयात्रा परियोजनाको आयोजनामा शुरु भएको गोष्ठिमा बालबालिका क्षेत्रमा बनाएका नीति, संरचनाका बिषयमा ब्यापक छलफल भएको थियो । त्यसको दिगोपनाका लागि स्थानिय तहहरुले आगामी कार्ययोजना बनाउने उदेश्य रहेको छ ।
किर्डाक नेपाल कालीकोट जिल्ला संयोजक तुलाराम पाण्डेको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको प्रमुख आथित्यता, प्रमुख जिल्ला अधिकारी जोरासिह माझीको बिशेष आतित्यतामा आईतबार कार्यक्रम शुरु भएको थियो । तिलागुफा नगरपालिका, शुभकालीका गाँउपालिका, महावै गाँउपालिका, खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाँउपालिका, सान्नी त्रिवेणी गाँउपालिका, राष्कोट नगरपालिकाका उपप्रमुख तथा वडा अध्यक्षहरु, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित नागरिक समाजका प्रमुख, पत्रकारहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
स्थानीय तहहरुले बालबालिकाको क्षेत्रमा गरेका कामहरुको प्रस्तुतिकरण, बालबालिका सम्वन्धि बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रावधान, स्थानीय तहहरुले निर्माण गरेका नीतिहरुको कार्यन्वयनको बर्तमान अवस्था, चुनौति र भावी योजना, आगामी दिनमा नीतिहरु बनाउदा ध्यान दिनुपर्ने कुराहरु, बालबालिकामा लगानी गर्दाका फाईदा र स्थानिय सरकार संचालन ऐनले बालबालिका क्षेत्रमा गरेको ब्यवस्था, बालविवाह न्युनीकरणका क्षेत्रमा स्थानिय तहका प्रमुखहरुले गरेको ९ बुदे प्रतिवद्धताको कार्यन्वयनको अवस्था लगायतका बिषयमा ब्यापक छलफल भएको किर्डाक नेपालका बालसंरक्षण संयोजक प्रकाशबहादुर शाहीले बताए । कार्यशाला गोष्ठिको सहजीकरण सेभ द चिल्ड्रेनका परियोजना संयोजक बाले बिश्वकर्मा, अधिबक्ता दमनराज बमले गरेका थिए ।
कालिकाेट
प्रतिक्रिया