धनगढी । छैठौँ अन्तर्राष्ट्रिय मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप चैत ९ गते देखि धनगढीमा सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोटर्स क्लवले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।
खप्तड गोल्डकप प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने सुदूरपश्चिम–११ स्पोटर्स क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
मनाङ मस्र्याङ्दी क्लव,फ्रेन्डर्स क्लव,थ्रि स्टार क्लव,खुमालटार एफसी,एपीएफ एफसी, चर्चव्वाइज एफसी,दार्जिलिङ एफसी इन्डिया,एभिनर एफसी क्यामरुन,वागमती यूवा क्लव सर्लाही र आयोजक सुदूरपश्चिम–११ स्पोटर्स क्लव गरी १० टिमको प्रतियोगितामा सहभागिता रहने अध्यक्ष हमालले बताए ।
प्रतियोगिताको विजेता २१ लाख र उपविजेतालाई १० लाख पुरस्कार राशी रहेको बताउँदै अध्यक्ष हमालले खेल नकआउट सिस्टममा खेलाइने बताए ।
उक्त प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता रहेको आयोजकको दाबी छ । प्रतियोगिता चैत्र १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई मुख्य प्रवर्धकको रुपमा रहेको सुदूरपश्चिम प्रदेश खेलकुल परिषदले प्रतियोगिता सञ्चालनका लागि ८० लाख रुपैया सहयोग गरेको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरको फुटवल प्रतियोगिताले सुदूरपश्चिमको पहिचान देश र अन्तर्राष्ट्रिय स्तरमा गरेको हमालले बताए । उनले भने, ‘विभिन्न विकासका कुराहरु मध्ये यो खेलकुदले पनि आफ्नो क्षेत्र आफ्नो ठाउँ र आफ्नो प्रदेशलाई पहिचान बनाउँन सक्छ ।’
कैलाली
प्रतिक्रिया