कालिकोट । पत्रकार खडानन्द अधिकारी ६ महिनाको हुदा उनका पिता विते । माताको साथ सहयोगसँगै खडानन्दको संघर्षले सोचे भन्दा बढि प्रगति गरेको उनको भनाई छ । विस २०४८ साल भाद्र ५ गते पिता चौठे अधिकारी र आमा कमला अधिकारीको कोखबाट जन्मिएका खडानन्द अधिकारी स्थानीय रेडियोको गाविस संवाददाता थिए ।
कालीकोटमै पहिलो पटक स्थापना भएको सामुदायिक रेडियो नयाँ कर्णाली एफएमका भर्ता गाविस संवाददाता हुँदै पत्रकारीमा स्थापीत भएका खडानन्द अधिकारी २०७१ सालदेखि सामुदायिक रेडियो चंखेली एफएममा बजार व्यवस्थापकको रुपमा काम गदै आए । रेडियो चंखेली एफएममा काम गदै गर्दा उनी नेपाल पत्रकार महासंघ कालीकोटको सचिव समेत भएका थिए ।
पत्रकारीता क्षेत्रमा चासो र उत्तिकै रुची रहेका अधिकारी २०७४ सालमा सामुदायिक रेडियो चंखेली एफएमका प्रवन्धक भए । २०७४ साल यता हाल सम्म प्रबन्धकको रुपमा काम गरिरहेका छन् । नेपाल पत्रकार महासंघ कालिकोट शाखामा दोस्रो पटक पनि उनले सचिव पदभार गरे । पूर्वप्रेस चौतारी नेपाल कालीकोट जिल्ला सचिव समेत रहेका अधिकारीले राष्ट्रिय समाचार समिति (रासस) मा काम गदै आएका छन् । अधिकारी सबैको साथ सहयोग र प्रेरणाले हाल पनि पत्रकार महासंघ कालिकोटको सचिव छन् ।
दुर्गम जिल्ला कालिकोटको क्षेत्रमा छोटो समय भित्र हरेक चुनौतीका बावजुत पत्रकारीता क्षेत्रमा उनको सक्रियता बढ्दो छ ।
बिरगन्जमा भएको प्रेस चौतारी नेपाल केन्द्रीय समितीको दोस्रो बैठकबाट अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनित समेत गरिएको छ ।
६ महिनामै पिता गुमाएका अधिकारीले पत्रकारीतामा सफलता पाएका कारण बुवाको पीडा भुलेको महशुस भएकाे उनको भनाई छ । केन्द्र,प्रदेश र जिल्लामा सबैको प्रिय पात्रकोरुपमा अधिकारी देखिन्छन् । आफ्नो बुवाले उपचार नपाएकै कारण ज्यान गुमाएकोले अहिले उनलाइ गरीब तथा पिछडिएका समुदायको सेवा गर्ने रुचिरहेको उनि बताउछन् । बालविवाह विरुद्ध साझा अभियान कालिकोटका संयोजक समेत रहेका अधिकारीले समाजमा रहेका विभिन्न कुरीती कुसंस्कार न्युनिकरणका लागि काम गरिरहेका छन् ।
उनले बालविवाह गरेर समस्या भोगेका, गरीब, दिनदुखी लगाएत समाजमा रहेका अन्य ब्यक्तिहरुलाई सहयोगी निकायबाट र आफ्नो ब्यक्तिगत रकम खर्च गरेर राहत समेत दिएका छन् । विगत लामो समयदेखि सामाजिक अभियान्ताका रुपमा काम गदै आएका अधिकारी जिल्लाको भर्ता गाविस हुँदै केन्द्रिय सदस्य सम्म पुग्नुको पछाडी आफ्नी आमाको हात र पत्रकारहरुको साथ रहेको बताउछन् । अधिकारी मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको सदस्य समेत रहेका छन् ।
कालिकाेट
प्रतिक्रिया